
सुरज भट्ट –
बेलकोटगढी ९ नुवाकोट
अब मैले अबुझ हतियारलाई छाडे
अनि मैले हतियार भन्दा सानो कलम अघि सारे
आमा तिम्रा म भन्दा जेठा छोराहरुको अवशेष सारे
यो अन्धकारको भविष्यमा कलमलाई अघि सारे।।
आमा ति दु:खका नराम्रा दिनहरु
सझिए दिदीका शरिरका खुनहरु
लगाउने आँट गरेको आमा घाउमा मलम
त्यसैले सारेको अन्धकारको भविष्यमा यो कलम।।
कति छन् आमा यो संसारमा पैसाको घमण्ड गर्नेहरु
अर्काले बोलाएर चर भन्दा चर्नेहरु
कति बद्मासले हाम्रो चेलीको खाएको छ दबाएर सातो
त्यसको खोजी गर्न खन्दै छु आमा कलमले खाल्डो।।
म हटाउदै जाने छु आमा तिमीले देखेका ति क्रोतहरु
छ भन्ने सुन्छु आमा तिमीले ब्याज लगाएका खानिका श्रोतहरू
निकाल्छु आमा मेरो आँट जीवन रहे सम्म
त्यसैले यो अन्धकारको भविष्यमा कलमलाई अघि सारे।।


