दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से आज ४४.६२ अंकको वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार १८:५६

काठमाडौं, २३ असोज । दसैंको विदापछि कारोबार सुरू भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४४.६२ अंकको वृद्धि आएको छ । कारोबार सुरू भएको समयदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा उक्त अंकले बढेर बन्द भएको हो ।

यससँगै, नेप्से परिसूचक १८९८.३८ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा ८३ करोड रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ८.७८ अंकको सुधार आउँदै ३७२.२१ अंक कायम भएको छ । सेयर बजार परिसूचकमा उल्लेख्य वृद्धि आएको दिन आज १३ वटै समूहमा वृद्धि देखिएको छ ।

जसमध्ये जीवन बीमा समूहमा १८७ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १३५ अंकको सुधार आउँदा विकास बैंक समूहमा १४९.०२ अंकको सुधार आएको छ । यस्तै, उत्पादनमूलक समूहमा १२१ र लघुवित्त समूहमा ११२ अंकको सुधार आएको छ ।

यसैगरी, बैंक समूहमा २५, व्यापार समूहमा १७, होटल र टुरिजम समूहमा ४९, जलविद्युत समूहमा ५६, वित्त समूहमा ७०, अन्य समूहमा ३२, म्यूचुअल फण्ड समूहमा ०.०९ र लगानी समूहमा १.३८ अंकको सुधार देखिएको छ । यसक्रममा आज सप्तकोसी विकास बैंक र अप्पर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु