तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चन्द्रमा जस्तो माया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन २८ गते, शुक्रबार ७:३५

सुरज भट्ट – बेलकोटगढी ,९ नुवाकोट
सुन्दर,नसालु अनि मुस्कानको तिम्रो अनुहार
एकै हेराइ र बोलीमा बनाई दियौ प्रेमको साबार।
मनले बस्न चाहन्छ तिम्रै वरिपरि सधैं बास
तर कहा मान्छौ म संग तिम्ले सगै फेर्न सास ।

तिमी सुन्दर मात्र नभएर मनको पनि खानी
सबै कुरा बुझे जस्तो रहिछौ बुद्धिमानी।
बोलेर नै फिदा पार्ने असल तिम्रो बानी
त्यसैले मोडिदैन बनाउन खोज्छ मनले यो दिलको रानी।

अहिले पनि तिमीलाई धेरै धेरै माया गर्छु
खोइ के भनुँ भन्छ मात्र मनले तिमी बिना म मर्छु ।
अनि तिमी भन्छौ माया मेरो कुरा बुझाउन त,
के बुझाइ भोर तिम्ले मलाई मन नदिएपछि।

मैले तिमीलाई सच्चा प्यार गरेको खोइ के सुदैछु
किन माया भन्छौ अरे मैले तिम्रो खोइरो खन्दैछु।
सानु हाम्रो माया त्यति गाढा थियो
किन आज सुर्य र चन्द्रमा जस्तो टाढा भयो ?

नाम तिम्रो चन्द्रू राखेको थिए दोधारे देखियौ
पन्ध्र दिन आउने पन्ध्र दिन किन छेकियौ।
यो मायामा पन्ध्र दिन पनि आयौ भने हाजिर पुग्ला
अनि मात्र हाम्रो माया र सबन्ध कहिलै नटुट्ला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु