
स्याङ्जा, २८, असोज ।स्याङजाको वालिङ स्थित मालेबगर फुटबल मैदानमा भइरहेको फुटबलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक मद्दतमा एपिएफले सहज जित निकाल्ने क्रममा प्रदेश नम्बर एक लाई ७–१ गोल अन्तरले पराजित ग¥यो ।
खेलको २३ आंै मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ् राईले एक गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याइन् ।
एपिएफकी सावित्राले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरिन् ।
यस्तै सावित्राले खेलको ५१ औँ र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन् । खेलको ६० औँ मिनेटमा एपिएफकी अनिता केसीले गोल गरिन् । त्यस्तै पुन सावित्राले ६५ औँ मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पुरा गरिन् ।
यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेकोे हो ।
खेलको ३३ औं मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन् ।
शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडे ।


