
काठमाडौं, असोज २९ गते ।ह्यान्डबल ः
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
पुरुष ह्यान्डबलमा स्वर्ण जितेसँगै जारी नवौं राष्ट्रिय खेलकुदमै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो । ८ औं राष्ट्रिय खेलकुदमा पनि गण्डकीले स्वर्ण जितेको थियो ।
एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जित्यो ।
महिला ह्यान्डबलमा आर्मी पहिलो भयो । आर्मीले एपीएफलाई १७–१६ ले हरायो । गण्डकी प्रदेशले प्रदेश–१ लाई २२–७ ले पाखा लगाउदै तेश्रो भयो ।
साइक्लिङ ः
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैमा नेपाल आर्मीका खेलाडी स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि कास्य पदक जित्न सफल भएका छन् ।
यता महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन् ।
आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १÷१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १÷१ कास्य पदक जित्न सफल भए ।
सात प्रदेश र तीन विभागिय गरी दश क्षेत्रबाट प्रतिस्प्रर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ । भोली (आइतबार) पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।
सुटिङ ः
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन शनिबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा आर्मीका नारायणसिंह दोङले ६००.५ अंक जोडेका छन् । प्रहरीका धनबहादुर विकले ५८६.१ तथा लुम्बिनीका अर्नव घिमिरेले ५७८.४ अंक बटुले ।
उक्त स्पर्धाको महिलामा बागमतीकी सुस्मिता नेपालले ६१३.५, आर्मीकी सिल्शा भण्डारी रायमाझीले ६१०.२ र मधेश प्रदेशकी निशा तामाङले ५९३ अंक बटुले ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा बागमतीका कुँवेर केसीले ५४६, आर्मीका खेमराज ओलीले ५२८ र प्रहरीका अनिल ठकुरीले ५०१ अंक जोडे । सोही स्पर्धाको महिलामा आर्मीकी ज्योतिका दाहालले ५५५, लुम्बिनीकी कृष्णा थापाले ५४७ र बागमतीकी सविता बस्नेतले ५२९ अंक बटुले ।
रग्वी ः
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीका खेलहरु शनिबारबाट कासकीको भण्डारढिक खेलमैदानमा शुरु भएका छन् ।
शनिबार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी शुरुवात गरेका छन् । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशविच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।
४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाईन्ट बनाउन सफल भएको थियो भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो ।
पुरुषतर्फकै दोश्रो खेलमा लुम्बीनी प्रदेशले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजीत गरेको छ । खेल अवधिभर लुम्बीनी प्रदेशले ४ ट्राईका साथ २० प्वाईन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाईन्टमा मात्रै सिमित हुन पुगेको थियो ।
यस्तै शनिबार नै सम्पन्न महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलको एपीएफले विजयी शुरुवात गरेका छन् । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको छ । गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाईन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अबधीभर १ ट्राईका साथ ५ प्वाईन्ट मात्रै बनाउन सक्यो ।
यस्तै महिलातर्फको दोश्रो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको शुरुवातमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाईन्ट बनाउँदै जित हासिल गरेको हो ।
प्रतियोगिताको दोश्रो दिन आईतबार पुरुषतर्फ ९ र महिलातर्फ ३ गरी रग्बीका १२ खेलहरु सञ्चालन हुनेछन ।
टेनिस ः
राष्ट्रिय टेनिसको पुरुष टिम इभेन्टमा आर्मी र गण्डकी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा आर्मीले प्रहरीलाई २–१ तथा गण्डकीले एपीएफलाई ३–० को सेटमा पराजित गरे ।
महिला टिम इभेन्टमा आर्मी र एपीएफले स्वर्ण भिडन्त पक्का गरे । आर्मीले प्रहरीलाई २–१ तथा एपीएफले बागमतीलाई ३–० ले हराए ।
गल्फ ः
पोखरा २९ असोज
नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको पुरुष एकल स्पर्धाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।
समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो । समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो । यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो ।
पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ ।
महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन् । महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।
महिला बास्केटबल ः
नवौ राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो चरणमा आर्मीले सुदुरपश्चिम विरूद्ध १७–५ को अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको थियो । जहाँ आर्मीले १५–३, २२–१० र २४–१२ अंक जोडेको थियो ।
यसअघिको (शुक्रबार) उद्घाटन खेलमा आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको थियो ।
एथलेटिक्स ः
पोखरा २९ असोज ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन् । शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरु सकिएका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न एक हजार ५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबकी फुलमति रानाले स्वर्ण पदक जित्न सफल भए । आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । एपिएफका अजित यादव र नागेश्वर अहिरले कास्य र रजत पदक प्राप्त गरे । अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा दुरी पार गरे ।
महिलातर्फ एपीएफकी फूलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट ३८.१९ सेकेन्ड पुरा गरेकी हुन् । रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले े ५ मिनेट ०३.८० सेकेन्डमा दुरी पार गर्दै कास्यपदक हात पारिन् ।
सटपुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण जिते । तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । वलीले रजत पदक जित्दा वाग्मती प्रदेशका ललित रावतले कास्य पदक जिते ।
१०० मिटर दौडको पुरुषतर्फ एपिएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते । शिवराजले आर्मीका युवराज विकलाइ हराउँदै स्वर्ण जितेका हुन् । युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कास्य पदक जिते ।
बुद्धिचाल ः
बुद्धीचालमा एनआरएनका आशिष फुयालको अग्रता कायम नै छ । उनले ५ चरणको खेल सकिँदा ४ दशमलव ५ अङ्क जोडेका छन् । उनले चौथो चरणमा नेपाल आर्मी क्लबका रुपेस जयसवाललाई हराए भने पाँचौं चरणमा नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग बराबरी गरे । क्षितिज र रुपेसको ४ अङ्क छ । एनआरएनका शुसिल चौधरी, आर्मीका मिलन लामा, प्रदेश –१ का राजन सुबेदी, पुलिसका सुरबीर लामा, बागमतीका निकेन कुसाथा र एनआरएनएका कृष्ण थापाको ३ दशमलव ५ अङ्क छ । महिला तर्फ आर्मीकी सुजना लोहनी शिर्ष स्थानमा छिन् ।
तेक्वान्दो ः
राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पेयर पेम्सेमा प्रहरीका अस्मिन राउत र निशा दर्नालको जोडी शनिबार पहिलो भएका छन् । आर्मीका दीपेन्द्र गुरुङ र प्रशंसा क्षेत्रीले रजत तथा गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी र प्रदेश १ का विवेक राई र सुबिक्क्षा राईले कांस्य जिते ।
पुरुष टिम पुम्सेमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र कमल श्रेष्ठले शीर्ष स्थान हात पारे । आर्मीका दीपेन्द्र गुरुङ, रेजिन रिमाल र रामकुमार पोखरेल दोश्रो भए । गण्डकीका टार्जन मगर, तिलक सिउथानी मगर र युकेश थापा मगर तथा एपीएफका सिर्जन श्रेष्ठ, नोर्बु मोक्तान र योबन दाहाल तेश्रो भए ।
महिला टिम पुम्सेमा आर्मीका स्वस्तिका तामाङ, निता गुरुङ र प्रशंसा क्षेत्रीले पहिलो स्थान हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रहरीका निशा दर्नाल, सिता तामाङ र मोनिका रम्तेल दोश्रो भए । एपीएफका मोनिका मगर, स्मृति नेपाली र चन्दु शाही तथा प्रदेश १ का मनीषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेश्रो भए ।
पुरुष फुटबल ः
२९ असोज
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैँ जाली चुम्यो । पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाएपनि स्ट्राइक लाइनमा कम्जोर हुँदा खेलमा फर्किन सकेन ।
नवौं राष्ट्रिय खेलकुद ः नासिरद्वारा किर्तिमान सुधार सहित स्वर्ण पदक प्राप्त
नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधरा गरेका छन् । नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।
डुवानाद्वारा पनि नयाँ किर्तिमान कायम
यस्तै पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले समयमा सुधार गर्दै नयाँ रेकर्ड कायम गरिन् । उनले २०० मिटर ब्यक्तिगत मिड्ले तर्फ फाईनल स्पर्धामा स्वर्ण पदकका साथ २ मिनट ३०.६७ सेकेन्डको नयाँ रेकर्ड कायम गरेकी हुन् । लामाले हिट चरणमा पनि गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको किर्तिमान कायम गरेकी थिईन् । यस स्पर्धामा एपिएफकी रोयल प्रजापतीले रजत र बागमतीकी रोशा न्यौपानलेले कास्य पाईन्
पुरुष ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.५६ सेकेनडमा दुरी पार गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा एपिएफकी अजल काजी ताम्राकार र तेश्रो स्थानमा आर्मीका अनुभव सुब्बाले क्रमश रजत र कास्य पाए । महिला ५० मिटर तर्फ एनआरएनकी एश्ले सापकोटा डङ्गोलले ३० सेकेन्डमा दुरी पार गर्दै स्वर्ण हात पार्दा सेनाकी दुवाना लामाले रजत र पुलिस क्लबकी मेगन गुरुङ्गले कास्य पाए ।
एलेक्सद्वारा राष्ट्रिय रेकर्ड ब्रेक
सेनाका अलेक्जेन्डर गादेगाद शाहले १३ सागमा आफैले कायम गरेको ५२.३० सेकेन्डको समयमा सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् । उनले १०० मिटर फ्रिस्टायलमा ५१.८७ सेकेन्डका साथ नयाँ रेकर्ड कायम गर्दै सेनाका लागि स्वर्ण थप गरेका हुन् । सेनाका नासिर याह्या हुसेनले रजत र पुलिसकी शंकरसना बहादुर राजबंशीले कास्य पाए । महिला तर्फ एनआरएनएकी एश्ले सापकोटा डङ्गोलल १ मिनट १.४२ सेकेन्डका साथ स्वर्ण जितिन् । यस्तै सेनाकी अनुशिया तण्डुकारले रजत र पुलिसकी मेगन गुरुङ्गले कास्य पाए ।
२०० मिटर ब्याकस्ट्रोक तर्फ पुरुषमा एपिएफका तेन्जिङ्ग नामडोल रायन गुरुङ्गले २ मिनट १६.२३ सेकेन्डका साथ राष्ट्रिय रेकर्डका साथ स्वर्ण जिते । उनले आठौं राष्ट्रिय खेलकुदमा नाथन दोर्जे शेर्पाले राखेको २ मिनट १६.५० सेकेन्डको समयलाई भंग गरेका थिए । दोश्रो स्थानमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र तेश्रो स्थानमा रहेका एपिएफका सौरेन बहादुर सिंहले कास्य पाए । महिला तर्फ एनआरएनकी एश्ले सापकोटा डङ्गोलले २ मिनट ३६.०४ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीकी अराजु थापा मगरले रजत र प्रदेश १ की उपासना राईले कास्य पाए ।
आईटिएफः
नवौं राष्ट्रिय खेलकुद अन्तरगत बागलुङ्गमा भएको प्रतियोगितामा ब्लुबेल्ट प्याट्रन तर्फ नेपाली सेनाका धनसिंह परियारले स्वर्ण हात पारे । उनले लुम्बिनीका सफल परियारलाई पराजित गर्दै रजतमा खुम्चन बाध्य पारे ।
यस्तै रेडबेल्ट तर्फ गण्डकीका भिम गाहाले स्वर्ण र लुम्बिनीका सन्देश सुनारले रजत पाए ।
पाराग्लाईडिङ्ग
पाराग्लाईडिङ्ग तर्फ गण्डकीले पुरुष टिम क्रसकन्ट्रि पहिलो चरणको खेल सक्किदा सम्म अग्रता कायम गरेको छ । गण्डकीले २७५० अंक प्राप्त गरेको छ । दोश्रो स्थानमा नेपाली सेनाले २५५६ अंक, तेश्रो स्थानमा रहेको बागमतीको २१४८, चौथो स्थानमा रहेको एपिएफको १५३३ र पाँचौ स्थानमा रहेको प्रदेश १ को २७२ अंक रहेको छ ।
यस्तै पहिला दिनको खेल सक्किदा पुरुष एकल तर्फको खेलमा नेपाली सेनाका सुरज थापाले अग्रता लिएका छन् । उनले १ हजार अंक बटुलेका छन् । दोश्रो स्थानमा ९४८.६ अंकका साथ गण्डकीका विजय गौतम र तेश्रो स्थानमा ९२५ अंकका साथ बागमतीका कृष्ण बहादुर सुनुवार रहेका छन् ।
महिला बास्केटबलमा प्रदेश–१ विरूद्ध बागमतीको जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा प्रदेश–१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा प्रदेश–१ लाई ७५–२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७–६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश–१ ले कमजोरी खेल प्रदर्शन पुनः बागमती प्रदेशले २३–३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममा ः २२–८ र १३–९ को अन्तर बनायो ।
प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विना मणि योञ्जनले १३ अंक जोडेकी थिइन् ।
पोखरा रङ्गशालास्थित कोर्टमा भएको खेलमा पुरुष तर्फको खेलमा पुल ए तर्फ पुलिसले दिपसन के.सी.को १६ अंकको मद्धतले प्रदेश १ लाई ६६–४४ बास्केटले पराजित गर्न सफल भएको हो । यस्तै अजय कुशवाहा र निश्चल महर्जनको १२ अंकको मद्धतले सेनाले लुम्बिनीलाई ७६–५३ बास्केटले पराजित गरेको हो । जित निकाल्ने क्रममा एपिएफले गण्डकीलाई ७०–६२ बास्केटले जित निकाल्यो । मविन्द्र भण्डारीले १८ अंकको योगदान गरे । सुदूरपश्चिमले अनुप राउतको २० अंकको मद्धतले मधेस प्रदेशलाई ७४–५८ बास्केटले पराजित गरेको छ ।
पुरुष ३ वाई ३ मा पुलिसले प्रदेश १ लाई समूह ए मा १९–१६ले, एपिएफले सेनालाई १०–८ ले तथा पुल बीमा बागमतीले लुम्बिनीलाई २१–१२ ले तथा गण्डकीले सुदूर पश्चिमलाई २२–१२ ले पराजित गरे ।
महिला हक्की ः
महिला हक्की अन्र्तगत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ ।
खेलमा आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतको १ मिनेटमै सुनिताले गोल गरेकी थिइन् । त्यस्तै खेलको १४ मिनेटमा आर्मीका सीतामाया बलले गोल गरेकी थिइन् ।
खेलको दोस्रो क्वाटरमा आर्मीले लगातार तीन गोल गर्न सफल भएको थियो । खेलको २७ मिनेटमा सरस्वती तामाङ, २८ मिनेटमा सीता कुमारी चौधरी र २९ मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए ।
खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि एक गोल गर्न सफल भएकी थिइन् । ४० मिनेटमा सुनिताले गोल गर्दै आर्मीको लागि अंक बढाएकी छिन् ।
यस्तै अन्तिम क्वाटरमा आर्मीले दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८ मिनेटमा सरस्वती तामाङ र ५४ मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए । अब दोस्रो खेल सुदुरपश्चिम र मधेस प्रदेशबीच हुँदै छ ।
महिला फुटवल ः
स्याङ्जा, २९, असोज ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतसनिबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा तीन खेल सम्पन्न भएको छ ।
सनिबार भएको पहिलो खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।एपिएफ क्लबले कर्णाली प्रदेशलाई१६–०फराकीलो गोल अन्तरले पराजित गर्र्दै जित दर्ता गरेकोे हो ।
खेलको ५ आँै मिनेटमाएपिएफकी सावित्रा भण्डारीले पहिलो गोलगर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । लगत्तै खेलको ९ औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।
खेलको १३ औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औँ मिनेटमा हिराकुमारी भुजेलले दिएको असिष्टलाई अवसरमा बदल्दै तेस्रो गोल गरेर ह्याट्रिक पुरा गरिन् ।
यस्तै खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन ।
यस्तै २७ औँ मिनेटमा पुनः अनिता केसीले सातौँ गोल गरिन । खेलको ३६ औँ मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो र समुहका लागि आठौँ गोल गरिन् । खेलको ४५ औँ मिनेटमा सावित्रा भण्डारीले नवौँ गोल गरिन् भने पहिलो हाफ अन्तर्गत थप गरिएको तीन मिनेट समय भित्र सविता राना मगरले १० औँ गोल गरिन् ।
यसैगरी खेलको ४८ औँ मिनेटमा सरु लिम्बुले व्यक्तिगत तेस्रो तथा समुहका लागि ११ औँ गोल गरेर ह्याट्रिक पुरा गरिन् ।
खेलको ५२ औँ मिनेटमा सावित्रा भण्डारीले १२ औँ गोल गरिन भने ६१ औँ मिनेटमा मनमाया लिम्बुले पेनाल्टी मार्फत १३ औँ गोल गरिन् ।
यस्तै खेलको ७१ औँ मिनेटमा गिता रानाले १४ औँ गोल र ८३ औँ र ८६ औँ मिनेटमा रविना गोलेले १५ औँ र १६ औँ गोल गरिन ।
यस्तै सनिबार भएको दास्रो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ ।प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।
खेलको ३६ आँै मिनेटमा प्रदेश १ की अन्जना थुलुङराईले पहिलो गोल गदैँ आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् ।
खेलको दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले आफ्नो टिममा एक गोल थपी आफ्नो समुहलाई दुई अंक बनाउन सफल भएकी थिईन ।
खेलको उत्तरार्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले एक गोल गरेर आफ्नो समुहमा खाता खोल्न सफल भएकी थिईन् ।
खेलको १९ औँ मिनेटमा गण्डकीकी सरिस्मा थापाले पँहेलो कार्ड पाएकी थिईन् ।
यसैगरि सनिबार भएको तेस्रो खेलमा वाग्मती प्रदेशले लुम्बीनी प्रदेशलाई ७¬–० गोल अन्तरले पराजित गर्दै जित निकालेको छ ।
खेलको २५ औँ मिनेटमा बाग्मतीकी सुजिता लामाले पहिलो गोल गर्दै विजयीको यात्रा अगाडि बढाएकी हुन् । लगत्तै केहि सेकेण्डमा लुम्बीनीकी आकृति वलीले आत्मघाती गोल गर्दा पुन वाग्मतीलाई दोस्रो गोल हातपरेको थियो ।
खेलको २९ औँ मिनेटमा पुजा लामाले एक गोल थपिन र आफ्नो समुहमा तेस्रो गोल बनाईन् ।
खेलको ३७ औँ मिनेटमा मनिसा थापा मगरले समुहका लागि चौथो गोल बनाईन भने ३८ औँ मिनेटमा पुजा लामाले पाँचौ गोल थपिन् ।
यस्तै खेलको ७६ औँ मिनेटमा कुमारी तामाङले छैँटौ गोल गरिन भने ८१ ऋौँ मिनेटमा सुजता लामाले सातौँ गोल गर्न सफल भईन् ।
पुरुष भलिबल ः
पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको तीनवटै खेलमा विभागीय टिमले जित हात पारेका छन् । शनिबार पोखरा रंगशाला भलिबल कोर्टमा लिग चरणको खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् ।
पहिलो खेलमा एपीएफले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको एनआरएनएलाई एपीएफले २५–१९ मा समेट्यो । दोस्रो २५–१५ र तेस्रो २५–१३ मा विजय हासिल गर्दै समूह ‘सी’ मा पहिलो जित दर्ता गरायो । जितसँगै एपीएफले ३ अंक जोड्यो ।
शनिबारको दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश १ लाई ३–० कै सेटमा पराजित ग¥यो । आर्मीले २५–१२, २५–१९ र २५–२३ ले प्रदेश एकलाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै ३ अंक जोड्यो ।
समूह ‘ए’ मा पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्ष स्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप ३ अंक जोडेको हो । यसअघि शुक्रबार कर्णालीलाई ३–० को सेटमा हराएर पुलिसले ३ अंक जोडेको थियो । पुलिस ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेश प्रदेश, दोस्रो खेल एपीएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलमा चार समूहमा ११ टिम सहभागी छन् । हरेक समूहका दुई विजेता क्वाटरफाइनल चरणमा प्रवेश गर्ने छन् । समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकाले सिधैं क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार वाग्मतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो ।
ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि
पोखरा २९ असोज ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि हुँदैछ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ ।
महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ । दुवै सेमिफाइनल बिहान ७ बजे खेलाइने छ ।
यस्तै पुरुष टिम इभेन्टतर्फको सेमिफाइनलमा बिहान ८ बजे भित्रुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । सेमिफाइनलको दोस्रो खेलमा एनआरएनएको टोलीले एपीएफसँग खेल्ने तालिका छ । दुवै टिम इभेन्टको फाइनल ११ बजे खेलाइने छ ।
पहिलो चरणमा के–के भयो ?
पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भएका थिए । महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेलेका थिए । पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल भए । बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल भयो ।
महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो । दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो । दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न सके ।
पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेलेका थिए । त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुगेको थियो । पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश १, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सके । दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो । यस्तै लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गर्यो ।
पहिलो खेलमा कर्णाली र बागमती प्रदेश भिडेका थिए । सो खेलमा कर्णालीले बागमतीलाई २–० को सेटमा हराएको थियो । कोर्ट २ मा खेलाइएको मधेस प्रदेश र एनआरएनएबीचको खेलमा एनआरएनएले २–० को सोझो सेटमा हरायो ।
महिला टिम इभेन्टतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई हरायो ।


