तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चैतमा एसइई र वैशाखमा कक्षा १२ को परीक्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ३१ गते, सोमबार ११:०९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसीमा निर्धारण गरेको छ ।

बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसइई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसइई चैत दोस्रो सातादेखि सञ्चालन हुने जानकारी दिए । असारको तेस्रो साता एसइईको नतिजा सार्वजनिक गर्ने योजना बनाइएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन हुने बोर्डको वार्षिक कार्य तालिकामा उल्लेख छ । विषयगत रूपमा परीक्षा तालिका भने सार्वजनिक भइसकेको छैन । विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १० र कक्षा ११–१२ को छुट्टाछुट्टै कार्यतालिका बनाएको हो । कार्य तालिकामा विद्यार्थीले परीक्षा आवेदन फाराम भर्ने देखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनको समय तोकिएको छ । विद्यार्थी, अभिभावक, विद्यालयलाई तयारी गर्न क्यालेन्डरले सघाउ पुग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । विद्यार्थीले मंसिर मसान्तसम्म एसइई परीक्षाको आवेदन फाराम भरिसक्नुपर्नेछ । एसइई परीक्षाको रुटिन माघ पहिलो साता सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

एसइईको पूरक परीक्षा भने २०८० सालको साउन अन्तिम साता संचाल गरिनेछ । यसअघि जेठमा मात्रै एसइई परीक्षा सञ्चालन भएको थियो । कोभिड अघि भने चैतमा नै परीक्षा सञ्चालन हुदैं आएको थियो । लकडाउनका कारण समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा विद्यालय तह देखि उच्चशिक्षा सम्मको भर्ना र पठनपाठन प्रभावित भएको थियो ।

वैशाखमा हुने कक्षा १२ को परीक्षाको नतिजा भने साउन मसान्तभित्र प्रकाशन गरिसक्ने बोर्डको कार्य तालिकामा उल्लेख छ । ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन गरिने बोर्डले जनाएको छ ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कात्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गरिसक्ने कार्यतालिका बनाइएको छ । उक्त फाराम माघ १५ सम्म विद्यालयले बोर्डमा पेस गरी सक्नुपर्नेछ । परीक्षा आवेदन फाराम पनि त्यति बेलै बुझाउनु पर्नेछ । कक्षा ११–१२ को परीक्षा तालिका माघ मसान्तभित्र सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु