यस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ३१ गते, सोमबार ११:१४

काठमाडौं, असोज ३१। मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गरेको छ।

त्यस्तै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणबारे छलफल गरी पारित गर्नुका साथै आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक समेत निर्धारण गरेको छ।

यस्तै विशेष प्रस्तावहरू मार्फत ५५.५५ प्रतिशत हकप्रद शेयर निष्कासन, कम्पानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको जनाएको छ। साथै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली उपर संशोधन प्रस्ताव समेत पारित गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीले आगामी वर्षहरूमा आफ्ना शेयर धनीहरूलाई प्रतिफल दिने गरी अगाडि बढिरहेको बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु