नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ३१, सोमबार ११:१९

काठमाडौं, असोज ३१ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ।

पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइनेछ।

साथै, आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने बताइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु