
काठमाडौं, कात्तिक १ गते ।
कुस्ती ः
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ४ वटा स्वर्ण पदक जितेको छ । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०–१० स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेका छन् ।
विभागिय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।
कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।
कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागिय टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाली नेपाल आर्मी र सुदुर पश्चिम प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक जितेका हुन ।
विभागिय टिम नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।
त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते ।
कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । ७ प्रदेश र तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस गरि कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो ।
साइक्लिङ ः
पोखरा, १ असोज ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन् ।
आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।
सात प्रदेश र तीन विभागिय गरि दश टिमको सहभागिता रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
पुरुष हक्की ः
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमीफाईनल समिकरण पूरा भएको छ ।
समूह कमा रहेको आर्मी १२ अंकका साथ समूह विजेता र गण्डकी प्रदेश ७ अंकका साथ उपविजेता हुदै सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा आर्मीले ४ खेल खेलेकोमा चार वटैमा जित निकालेको थियो ।
समूह खबाट नेपाल पुलिस विजेता र कर्णाली प्रदेश उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । समूह चरणमा नेपाल पुलिसले खेलेको ३ वटै खेलमा जित निकाल्यो भने कर्णालीले ३ खेलमा २ खेल जित्दै ६ अंक जोडेको हो ।
बुधबार हुने पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशले आर्मीको सामाना गर्नेछ । दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्नेछ ।
मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई १–० गोल अन्तरले पराजित गर्दै १२ अंक जोडेको हो । आर्मीका लागि ५७ औं मिनेटमा रोशन चौधरीले गोल गरेका हुन् ।
दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १–० गोलले हराउँदै सेमिफाईनल पुगेको हो । निकै महत्वपूर्ण खेलमा कर्णालीलाई सेमिफाईनल पु¥याउन खेलको २६ औं मिनेटमा निरञ्जन रोकायाले गोल गरेका हुन् ।
सुटिङ ः
राष्ट्रिय सुटिङ प्रतियोगिताअन्तर्गत पुरुष टिम एयर पेस्तोलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो भएका छन् । सो स्पर्धाको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कांस्य जिते ।
मिक्स टिम पेस्तोलमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र बागमती तेश्रो बने । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा रहे ।
पुरुष टिम इभेन्टको एयर राइफलमा आर्मी प्रथम, बागमती द्वितीय र सुदूरपश्चिम तृतीय भए । उक्त स्पर्धाको महिलामा आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे । व्यक्तिगत स्पर्धाको फाइनल बुधबार हुनेछ ।
पुरुष बास्केटबल ः
पोखरा, १ कार्तिक ।
गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आजनै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ ।
समूह चरणको अकं तालिकामा आर्मी ८ अकंका साथ विजेता बनेको छ भने एपिएफले ७ अकं जोड्दै उपविजेता बनेको छ ।
त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अकं तालिकामा उपविजेता हुँदै ७ अकंका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्विनीलाई १९–१० स्कोरले हराएको छ ।
समूह वि अन्तर्गत अकं तालिकामा ८ अकंका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अकं जोडेको छ ।
भोलि २ गते बुधवार विहान सेमिफाइनलको पहिलो खेल बिभागीय टोली एपिएफ र बागमती प्रदेशबीच हुँदैछ भने दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ ।
प्रतियोगितामा १० समूह सहभागी छन् भने गत २८ गतेदेखि खेलहरु जारी छन् ।
आर्चरी ः स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।
महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि.क., सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त ग¥यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त ग¥यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त ग¥यो ।
बास्केटबल ः सेना फाइनलमा
नवौं राष्ट्रिय खेलकुद अन्तगत तनहुँमा भएको महिला ३ बाइ ३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गर्न सफल भएको छ । नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बु र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराए । निर्धारित समय सम्म सेना र गण्डकीले समान ६–६ अंकको स्कोर गरेको थियो ।
सफ्ट टेनिस ः डबल्समा प्रहरी र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेश्रो भए ।
यस्तै महिला तर्फ एपिएफले स्वर्ण जित्यो । एपिएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त तेश्रो हुदै कास्य पदक प्राप्त गरे ।
यस अघि हिजो सोमबार भएको एकल प्रतिस्पर्धामा प्रदेश नं. १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा प्रवशे गरेका छन् । यस्तै महिला तर्फ बागमती प्रदेशकी चन्द्रमाया राई र एपिएफकी समृद्धि महर्जनले फाईनलमा स्थान बनाएका थिए ।
म्याराथनमा गण्डकीका अनिश र एपिएफका बृन्द्रालाई स्वर्ण
एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् ।
अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।
महिला तर्फं एपिएफकी बृन्द्राधन श्रेष्ठले स्वर्ण हात पारिन् । उनले उक्त दुरी २ घन्टा ५७ मिनट २३ सेकेन्डमा पुरा गर्दै स्वर्णमा आफ्नो नाम अंकित गरिन् । दोश्रो स्थानमा रहेकी आर्मीकी बिश्व बुढा मगरले ३ घन्टा ०० मिनट ३५ सेकेन्ड र पुलिसकी रेखा बिष्टले ३ घन्टा १ मिनट ३५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक जितिन् ।
आर्चरी ः
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त ग¥यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त ग¥यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त ग¥यो ।
महिला भलिबल ः
विभागीय टिम सशस्त्र प्रहरी र नेपाल पुलिस क्लव नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् ।
सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमश ः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित ग¥यो ।
सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।
तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । यसैगरी शसस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ् ।
असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदुरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।
महिला क्रिकेट ः
नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा नेपाल पुलिसले डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लव एपिएफलाई पाँच रनले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै सम्झना खड्काले २१ रन, कविता जोशीले नटआउट १३ रनको योगदान गर्दा कविता कुँवरले ११ रन बनाइन् । एपिएफका लागि नेरी थापा, इन्दु वर्मा र कप्तान सिता रानामगरले एक एक विकेट लिइन् ।
९० रन पछ्याएको एपिएफले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८४ रन मात्र बनायो । एपिएफका लागि रोमा थापाले सर्वाधिक २६ रन बनाउँदा राजमति ऐरिले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पुलिसलई जित दिलाउन इश्वरी विष्टले दुई तथा रुबिना क्षेत्री, सगिंता राई र हिरनमयी रोयले एक एक विकेट लिइन् ।
यस्तै आज तेस्रो स्थानको लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्दै काश्य पदक जितेको छ ।
पुरुष भलिबल ः
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा खेलमा विभागीय टिम हाबी हुँदा गण्डकी बाहेकका प्रदेशका टिम प्रतियोगिताबाट बाहिरिए । पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हराएर सेमिफाइनल यात्रा तय ग¥यो । दोस्रो खेलमा त्रिभुवन आर्मीले वागमती प्रदेशलाई ३–० कै सेटमा पाखा लगायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले जित्यो ।
तेस्रो क्वार्टरफाइनल खेलमा अर्को विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले ल्याउँदा दोस्रो सेटमा एपीएफलाई हम्मेहम्मे प¥यो । दोस्रो सेटको सुरुवातमा आफ्ना दुई खेलाडी चोटग्रस्त बनेपछि एपीएफलाई चुनौती थपियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले २८–२६ को सफलता पायो । एपीएफले तेस्रो सेट २३–२५ ले गुमायो । लयमा देखिएको लुम्बिनीको पक्षमा दर्शकको समर्थन हुँदाहुँदै चौंथो सेटमा भने फितलो प्रदर्शन ग¥यो । फलस्वरुप एपीएफ २५–१७ ले लुम्बिनीमाथि हाबी भयो ।
घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले अन्तिम क्वार्टरफाइनल खेलमा प्रदेश १ लाई सोझो सेटमै पन्छायो । गण्डकीले २५–२०, २५–२१ र २५–१३ ले प्रदेश १ लाई हराउँदा दर्शकले खुसी मनाए ।
प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुने छ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल बिहीबार हुने छ ।
पुरुष फुटबल ः
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो ।
आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।
उता दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदुरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १,विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे ।
एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदुरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहिबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ ।
बिहिबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिम बीच पहिलो खेल हुनेछ । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो । ७ प्रदेश सहित ३ विभागिय र १ एनआरएनको सहभागिता रहेको थियो ।
छेलो (ठेलो) ः
नवौं राष्ट्रिय खेलकुद अन्र्तगत ठेलो (छेलो) प्रतियोगितामा किरण सुनार (कास्की) प्रथम भएका छन् । पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्र्तगत प्रर्दशनी खेलमा समावेश छेलोमा सुनारले अन्य २५ जना प्रतिस्पर्धीलाई पछी पार्दै प्रथम भएका हुन ।
यस्तै प्रतियोगितामा रोहित सुनार (कास्की) द्वितिय हुँदा बासु गुरुङ(कास्की) ले तृतिय स्थान प्राप्त गरे ।
यसअघि कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरेका थिए ।
कास्की जिल्ला छेलो संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यबाहक सदस्य सचिव घनश्याम पौडेल, निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरुले विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
गण्डकी प्रदेशमा परम्परागतरुपमा खेलिने छेलो खेलको प्रर्वद्धनका लागि प्रदेश खेलकुद परिषदको विशेष पहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको हो ।
महिला फुटबल ः
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । मंगलबार भएको पहिलो सेमीफाईनलको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।
खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिईन् ।
लगत्तै खेलको १९ औँ मिनेटमा निर्मला वि.क ले दोस्रो गोल गरिन् भने ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन् ।
यस्तै मंगलबार भएको दोस्रो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफको ५६ औँ मिनेटमा एपीएफकी खेलाडी सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
फाईनल खेल विहिबार विहान नौ बजेदेखि हुने आयोजकले जानकारी गराएको छ ।
नवौ राष्ट्रिय खेलकुदले उभार ल्याएको छ ः– सदस्य सचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद जगतमा नयाँ उभार ल्याएको बताउनुभएको छ ।
म्याग्दीमा सञ्चालीत महिला भलिबल र तेक्वान्दो खेल अवलोकनका लागि मंगलबार बेनी आउनुभएका सदस्य सचिव घिसिङले खेलाडी र दर्शक तथा सरोकारवालाहरुको साथ र सहयोगबाट नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक बनेको बताउनुभयो ।
“राखेपको नेतृत्वमा म आएको ११ महिना भएपनि काम गर्न पाएको जम्मा ७ महिना भएको छ,” उहाँले भन्नुभयो “छोटो तयारीका बावजुद नवौ राष्ट्रिय प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्दैछौ । खेलाडी र खेलप्रेमीहरुको चाहना पुरा गर्न सफल भएका छौ ।”
सदस्य सचिव घिसिङले अन्तराष्ट्रिय पदक जित्ने नेपाली खेलाडीलाई सम्मान सहित उचित नगदको समेत व्यवस्था गर्न ऐन संसोधन भएको बताउनुभयो । खेलाडीलाई खेल्ने र खेलेर जिवन निर्वाह गर्न पुग्ने किसिमले आर्थिक व्यवस्थापन गर्न राखेपले पहल गरिरहेको उहाँले बताउनुभयो ।
नवौ राष्ट्रिय खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई राष्ट्रिय टिममा अनुबन्ध गराउने र आगामी वर्ष चिनमा हुने हङकङ च्यापीयन सिपमा सहभागी हुने व्यवस्था मिलाउने बताउनुभयो ।
जिल्ला समन्वय समिति, बेनी नगरपालिका लगायत म्याग्दीका स्थानीय तह, प्रशासन र सुरक्षा निकाय तथा समुदाय स्तरबाट खेल सञ्चालनका लागि भएको सक्रीयता र सहयोगको उहाँले प्रशंसा गर्नुभयो । घिसिङले जिसस प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, उपप्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतसँग छलफल समेत गर्नुभएको थियो ।
महिला भलिबल खेल सञ्चालन भएको खुल्ला मञ्च, तेक्वान्दो सञ्चालन भएको कवर्डहलको निरिक्षणका साथै तेक्वान्दोको विभिन्न विधामा पदक जितेका खेलाडीहरुलाई मेडल, नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिता सञ्चालनको तयारीका लागि आर्थिक स्रोत अभावका बावजुद धेरै समस्या भएको र जिल्लाको खेल पूर्वाधारका लागि सदस्य सचिवको ध्यानाकर्षण गराइएको बताउँदै सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।
भारत्तोलन ः
हालसम्म १३ इभेन्टमा पुलिसलाई ८, आर्मीलाई ४ र सुदूरलाई १ स्वर्ण
नेपाल पुलिसका विकास थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगिताको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार राति भएको प्रतिस्पर्धामा उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल भए ।
यस्तै, मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा ९५ केजी गरी कुल १८३ भार उठाउँदै रजत जितेका हुन् । कास्य जितेका सुदूरका नरेशले स्न्याचमा ७७ र क्लीन एण्ड जर्कमा ९७ केजी गरी कुल १७४ केजी भार उठाएका थिए ।
……….
महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १७१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । यस्तै, गण्डकीकी सरस्वती गुरुङले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२३ केजी भार बहन गर्दै रजत जितिन् । कास्य पदक नेपाल पुलिसको पक्षमा गयो । पुलिसकी सजना थिंङ लामाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२२ केजी भार बहन गरेकी थिइन् ।
……….
मंगलबार बिहान भएको महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गर्दै पुलिसलाई अर्को स्वर्ण दिलाएकी हुन् । मात्र ४ खेलाडी सहभागी सो स्पर्धामा एपिएफकी अञ्जली श्रेष्ठले रजत जितिन् भने सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् । अञ्जलीले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२१ केजी तथा चम्फाले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार बहन गरेका थिए ।
………….
त्यसअघि मंगलबार दिउँसो भएको प्रतियोगितामा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् । महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् ।
यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।
……………….
यसैगरी, मंगलबार बिहान सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिए ।
यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।
हालसम्मको नतिजामा पुलिसले ८ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन् ।
कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको छ ।
आर्चरी ः स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।
महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि.क., सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त ग¥यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त ग¥यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त ग¥यो ।
बास्केटबल ः सेना फाइनलमा
नवौं राष्ट्रिय खेलकुद अन्तगत तनहुँमा भएको महिला ३ह३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गर्न सफल भएको छ । नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बु र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराए । निर्धारित समय सम्म सेना र गण्डकीले समान ६–६ अंकको स्कोर गरेको थियो ।
सफ्ट टेनिस ः डबल्समा प्रहरी र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेश्रो भए ।
यस्तै महिला तर्फ एपिएफले स्वर्ण जित्यो । एपिएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त तेश्रो हुदै कास्य पदक प्राप्त गरे ।
यस अघि हिजो सोमबार भएको एकल प्रतिस्पर्धामा प्रदेश नं. १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा प्रवशे गरेका छन् । यस्तै महिला तर्फ बागमती प्रदेशकी चन्द्रमाया राई र एपिएफकी समृद्धि महर्जनले फाईनलमा स्थान बनाएका थिए ।
म्याराथनमा गण्डकीका अनिश र एपिएफका बृन्द्रालाई स्वर्ण
एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् ।
अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।
महिला तर्फं एपिएफकी बृन्द्राधन श्रेष्ठले स्वर्ण हात पारिन् । उनले उक्त दुरी २ घन्टा ५७ मिनट २३ सेकेन्डमा पुरा गर्दै स्वर्णमा आफ्नो नाम अंकित गरिन् । दोश्रो स्थानमा रहेकी आर्मीकी बिश्व बुढा मगरले ३ घन्टा ०० मिनट ३५ सेकेन्ड र पुलिसकी रेखा बिष्टले ३ घन्टा १ मिनट ३५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक जितिन् ।
आर्चरी ः
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त ग¥यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त ग¥यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त ग¥यो ।
तेक्वान्दोको स्वर्ण पदकमा विभागीय टिमको बर्चश्व
विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी र नेपाली सेनाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दाका पदकमा बचश्व कायम गरेका छन् ।
तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा स्वर्ण पदक थपे । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लवले आठ वटा स्वर्ण स्वर्ण पदक जितेको छ । हालसम्म नेपाली सेनाले पाँच, शसस्त्र प्रहरीले दुई र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिनुभयो ।
प्रहरीले तीन, सेनाले छ, शसस्त्रले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक÷एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात÷सात, शसस्त्रले छ, मधेश र बागमतीले तीन÷तीन, लुम्बीनी र सेनाले दुई÷दुई, पुलीस र कर्णालीले एक÷एक वटा कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिनुभयो ।
सोमबार राती १०ः३० मा सकिएको फाइनल खेल अन्तरगत महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा शसस्त्र प्रहरीका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा शसस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।
महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र शसस्त्रकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र शसस्त्रकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।
पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।
२२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ् ।
बुद्धिचालको खुल्ला ब्लिचमा आर्मीका जैसवाल र महिलामा लोहनीलाई स्वर्ण
नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् । प्रतियोगिता अन्र्तगत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो ।
खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ ।
त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।
नवौ राष्ट्रिय खेलकुद ः सशस्त्र र पुलिस महिला भलिबलको फाइनलमा
विभागीय टिम सशस्त्र प्रहरी र नेपाल पुलिस क्लव नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् ।
सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमश ः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित ग¥यो ।
सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।
तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । यसैगरी शसस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ् ।
असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदुरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।
पुरुष खोखो सेमिफाइनल समीकरण पूरा
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।
राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी र ग्रुप बि का उपविजेता प्रदेश नं १ र दोस्रो खेलमा समूह बि का उपविजेता र समूह ए का विजेता पुरुष टोलीबीच हुनेछ ।
असोज ३० गतेबाट सुरु भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए । खेल कात्तिक ३ गते सकिनेछ । महिला टोलीको समूह चरणको अन्तिम खेल रंगशालामा भइरहेको छ ।


