जगदम्बा कंक्रिटो प्रा.लि.द्वारा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न “प्रयोग गर्दा किफायती, भरपर्दो र सहज हुने “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २ गते, बुधबार ०६:५३

राजु भट्ट ,भरतपुर-जगदम्बा कंक्रिटो प्रा.लि.ले चितवन र नवलपुर क्षेत्रका स्थानीय तहका प्रमुखहरु, विभिन्न कार्यलय मा कार्यरत इन्जिनियरहरु, निर्माण व्यवसायीहरुको प्रत्यक्ष सहभागितामा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अन्तर्गत प्रा.लि.बाट उत्पादित मोज्याक टायल, कर्भ स्टोन, सोस ड्रेन तथा जगदम्वा सिमेन्ट, सर्वोत्तम स्टिल लगायतका सामाग्रीहरुका बारेमा विशेषज्ञ टोलीहरुले जानकारी गराएका थिए । प्रस्तुतिकरण पश्चात चितवन र नवलपुर क्षेत्रबाट कार्यक्रममा आएका प्राविधिकहरुले जिज्ञासा समेत राखेका थिए । आएका जिज्ञासाहरुलाई जगदम्बा कंक्रिटो प्रा.लि.का सेल्स डाइरेक्टर इन्जिनियर कुशल काफ्लेले सामाग्रीको उपयोगिता, आवश्यकता एवम् प्रयोगका बारेमा प्रष्ट पार्नुभएको थियो ।

जगदम्बा कंक्रिटो प्रा.लि. प्रबन्ध निर्देशक आयुष गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा जगदम्बा गु्रपका निर्देशक अजय झाटिया र लोकल पार्टनर राज सर्जिकल इन्टरप्राईजेजका प्रोपाइटर राजेन्द्र कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्लाद सापकोटा, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, भरतपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष केशव महर्जन, वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाट, वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नं. ८ का वडा अध्यक्ष जिवनाथ कँडेल, वडा नं. २३ का वडा अध्यक्ष दिपक दवाडी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञवाली, निर्माण व्यवसायी संघका महासचिव पुष्कर अधिकारी, निर्माण व्यवसायीहरु, जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरु, सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १ स्थित भृकुटीचोकदेखि लिलाचोकसम्म, वडा नं. ९ स्थित त्रिपाठी चोकदेखि कमलचोकसम्म, वाइपास रोडको मलेवा व्याङक्वेट परिसर, भरतपुर अस्पताल परिसर, चनौली बजार, क्यान्सर गेटदेखि कटहरचोकसम्म, वीरेन्द्र क्याम्पस अगाडिको परिसर र अन्य फुटपाथहरुमा समेत जगदम्बा कंक्रिटोको उत्पादन प्रयोग गरिएको दर्शन निर्माण सेवाका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले बताउनुभयो ।

जगदम्बा कंक्रिटो प्रा.लि.बाट उत्पादन गरिएका सामाग्रीहरु प्रयोग गर्दा किफायती, भरपर्दो र सहज हुने भएकोले यसको आकर्षण बढेको द कस्मिक निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक इन्जिनियर कृष्ण दवाडीले जानकारी दिनुभयो ।

गतवर्ष २ करोडको कारोबार भएकोमा यसवर्ष ५ करोडको कारोबार हुने लक्ष्य लिइएको लोकल पार्टनर कस्मिक निर्माण सप्लायर्सका प्रोपाइटर रोयल दवाडीले जानकारी दिनुभयो । त्यस्तै लोकल पार्टनर संजय बरालले गुणस्तरीयतामा कुनै सम्झौता नहुने र निर्धक्क भएर जगदम्बा कंक्रिटो प्रा.लि.का उत्पादन प्रयोग गर्न आग्रह समेत गर्नुभयो । चितवनको लागि लोकल पार्टनरको रुपमा राज सर्जिकल इन्टरप्राईजेज र कस्मिक निर्माण सप्लायर्स रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु