सुरज भट्ट -बेलकोटगढी,९ नुवाकोट
म रमाउँदै थिए सुन्दर प्रकृतिले आँखा सेखि
त्यस बखत सुन्दर प्रकृतिमा तिम्रो गन्ध बुझी ।
गन्धमा बिहानीको घाम जस्तो तिम्लाई देखे
मायालु त्यही दिन देखि दीलमा तिम्रो नाम लेखे।
तिमी र म सुर्य र चन्द्रमा जस्तो टाढा थीयौ
आँखाको चस्मा खसो बोलाउनु खोज्दा बोली बसो ।
मेराे मनमा र रगत रगतमा तिम्रो तस्बिर बगो
जसलाई देख्दा पनिआँखामा तिम्रै छाया आउँथ्यो।
सपना मात्र थियो मेरो मायालु तिमी संग भेट
बिपनीमा त झेलखानको जस्तो दर्विलो गेट।
सपनीमा जस्तै सुन्दर रूप लीगिर उभिएकी
तिमिनै हौ मन मुटुको दरबारमा रानी सजिएकी ।
जब म साँझमा धर्तीमा हिड्थे तिमी मेरै पीछा गर्थेउ
खाना खाएर सुत्न आउँदा पनि तिमीझ्याल बाट चिहाउँथेउ ।
रातभरि झ्याल बाट मेरो अनुहारमा उज्यालो दिन्थ्यौ
बिहान भाले बास्नु अगावै मेरो मस्त निद्रा हुदै तिमी हराउथेउ।
तिमी किन मलाई उज्यालो दिएर १५दिन पछाउछौ
के तिमी १५ दिन मलाई जस्तै अरूलाई उज्यालो दिन्छौ ।
अँध्यारो बनाएर त्यो १५ दिन मलाई छोडेर कतै नजाऊ
मलाई चहान्छौ भने महिना दिन सम्म मेरो झ्यालमा आऊ।