आज कति छ नेपाली बजारमा सुनचाँदीको भाउ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २, बुधबार ११:१८

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु