एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • एनआरएनए यूकेको विशेष साधारण सभा मंगलबार ह्यारोमा भव्य रुपमा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक ३, बिहीबार ०६:०९

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विशेष साधारण सभा मंगलबार ह्यारोमा भव्य रुपमा सम्पन्न भएको छ। संघका उपाध्यक्ष सुनिलबाबु खड्का अध्यक्षतामा सम्पन्न साधारण सभामा विशेष अतिथि त्रिभुवन विश्व विद्यालय अन्तर्गतको कानून अध्ययन संथानका पूर्व डिन प्रा डा तारा प्रसाद सापकोटा, एनआरएनए आइसीसीका उप महासचिव रामशरण सिम्खडा लगायतले शुभकामना दिनु भएको थियो भने उपाध्यक्ष मोहन कार्कीले स्वागत गर्नु भएको थियो। उपाध्यक्ष नारायण कडेलको अध्यक्षतामा सम्पन्न बन्द सत्रमा कोषाध्यक्ष बिष्णु खरेलले आर्थिक प्रतिवेदन तथा महासचिव खुसि लिम्बुले तयार पारेको प्रतिवेदन उपाध्यक्ष गोविन्द खरेलले पढेर सुनाए। ती दुवै प्रतिवेदन छलफल पछि सभाले पारित ग-यो।

    विशेष साधारण सभाले कार्यसमितिको बहुमतद्वारा बाँकी कार्यकालका लागि अध्यक्ष पदमा उपाध्यक्ष सुनिल बाबु खड्कालाई गरेको निर्वाचनलाई अनुमोदन गरेको थियो। त्यस्तै उपाध्यक्ष पदमा दीपक श्रेष्ठलाई सर्वसम्मतिले निर्वाचित गरिएको छ। यसै गरी एनआरएनए यूकेका ट्रस्टीहरुमा नवनिर्वाचित अध्यक्ष सुनिल बाबु खड्का, उपाध्यक्षहरू नारायण कडेल, गोविन्द खरेल, महासचिव खुसीमान लिम्बु, कोषाध्यक्ष बिष्णु खरेल, शकुन्तला गुरुङ तथा सुरेश परियार नियुक्त गरिएका छन्।

    विशेष साधारण सभाको समापन गर्दै कार्यसमितिका नवनिर्वाचित अध्यक्ष खड्काले विषम परिस्थितिमा विशेष साधारण सभा आयोजना गर्नु परेको बताउंदै बेलायतस्थित नेपाली समाजलाई फुटेर हैन जुटेर अगाडी बढाउन आफुले सक्दो प्रयास गर्ने बताए। उनले आन्तरिक विवादले गर्दा संघका गतिविधिहरु प्रभावित भएको भन्दै साथीहरुसंग सहकार्य गर्न ढोका खुला रहेको र राम्रो एनआरएनए बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। उपाध्यक्ष नारायण कडेलले विशेष साधारण सभा आयोजना गर्न सघाउने सबैलाई धन्यवाद दिए। उनले आगामी दिनमा संस्थाको विधान र आइसीसीसंग समन्वय गरी कार्यक्रमहरु अगाडी बढाइने पनि बताए।

    कार्यक्रमको शुरुमा सभास्थल बाहिर नेप्लिज युथ युके समर्थक युवाहरुले केहि बेर विरोध प्रदर्शन गरेका थिए। तर पछि उनीहरुका प्रतिनिधिले सभामा गएर विज्ञप्ति पढेर सुनाए पछि उनीहरु फर्किएका थिए। सभास्थलमा सुरक्षा व्यवस्था कडा गरिएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु