दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खाद्य पदार्थमा जथाभावी रंग प्रयोग नगर्न विभागको निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ४ गते, शुक्रबार १२:४६

काठमाडौं । नजिकिँदो तिहारमा हुनसक्ने अस्वस्थ खाद्य पदार्थको बिक्रीवितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचित गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै विभागले खाद्य पदार्थमा अनावश्यक रंग प्रयोग नगर्न भनेको हो।

खाद्य पदार्थमा स्वीकृत खाद्य रंग तथा त्यसको तोकिएको मात्रा र विधि बमोजिम मात्र गर्न विभागले भनेको छ। अखाद्य रंगहरू प्रयोग गरेको भेटिए कानुनबमोजिम कारवाही गर्ने चेतावनीसमेत विभागले दिएको छ।

‘मिठाइलगायतका खाद्य पदार्थ उत्पादन गर्ने खाद्य उत्पादकहरूले स्वीकृत गरिएका खाद्य रंगहरू तोकिएको मात्रा र तोकिएको विधिबमोजिम मात्र प्रयोग गरी खाद्य पदार्थहरू उत्पादन एवं बिक्री वितरण गर्न गराउन हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘स्वीकृत खाद्य रंगहरूबाहेक अन्य अखाद्य रंगहरू प्रयोग नगर्नुहुन र सो गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु