भुटानी नायिका उगेन बनिन फेसियल हाउसको मोडल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ५, शनिबार ११:११

फेसियल हाउसले कला संकृतिलाई विषेश ध्यान दिदै नेपाली चाड पर्व लक्षित फोटो शुट गर्दै आएको छ । यसपालि आउँदै गरेको तिहार र लक्ष्मी पुजालाई फोटो शुटको थिम बनाइएको छ । फोटो शुटमा मोडलका रुपमा भुटानी नागरिक उगेन छोदेन रहेकी छन् । नेपालमा अहिले सुपर हिट भएको मुभि दुई नम्वरीमा उगेन छोदेनले नायिकाको भुमिका निभाएकी छन् । फेसियल हाउसकी प्रबन्धक एवं बरिष्ठ सौंन्दर्यविद शुषमा महराले छोदेनलाई सजाएकी छीन् भने ड्रेस clothinginnepal ,गहनामा hunchha.com र फोटो पत्रकार कुबेर डंगोलले तस्वीर उतारेका छन् ।

त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य साखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् ।
यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउसमार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् ।

फेसियल हाउसले हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ ।
यी र यस्ता सेवा लिनको लागि कुनै झन्झट व्यहोर्न नपर्ने साथै यी सेवा रिजनेबल प्राइजमा उपलब्ध भएकाले फेसियल हाउसले आफ्नो अलग स्थान बनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु