एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें- पर्यटनमन्त्री श्रेष्ठ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक ६, आईतवार २०:३४

    ६ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफुले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ । काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ मा पुर्वाधार विकासतर्फ आफुले गरेका अधिकांश प्रतिवद्धता पुरा गरेको बताउनुहुँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरु, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण-संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरु निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुलहरु निर्माण तर्फ अधिकांश चुनावी प्रतिवद्धता पुरा गरेको उहाँले बताउनुभयो ।

    आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले बसन्तपुर- स्वयम्भु- ह्वाइट गुम्वालाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई साँस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उहाँको भनाइ छ ।

    सम्पदाक्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उहाँले बताउनुभयो । स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको समेत उहाँले बताउनुभएको थियो ।पर्यटन नै नेपालको आर्थिक विकासिको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफुले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि ल्याएको उहाँको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु