एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक १३, आईतवार ०७:३२

    सउल, कात्तिक १३ । दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

    सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

    द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए । एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।

    भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु