बुद्धिजीवि भन्छन्– काठमाडौं–५ मा ईश्वर पोखरेल निर्विकल्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १३, आईतवार २०:४९

काठमाडौं, १३ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा बसोबास गर्ने बुद्धिजीविहरुले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विकल्प भएको बताएका छन् ।

काठमाडौंमा आइतबार भएको बुद्विजीविहरुको भेलाले मंसिर ४ गतेको निर्वाचनमा ईश्वर पोखरेललाई जिताउन आफूहरु लाग्ने उद्घोष गरेका छन् । एमालेले नजिते देश दुर्घटनामा जाने भन्दै उनीहरुले देशमा एमाले सरकारको विकल्प नदेखिएको बताएका हुन् ।

प्राध्यापक डा. रमेश भट्टराईले गठबन्धन बिचारहीनताको झुण्ड भएको भन्दै लुट्नका लागि मात्रै गठबन्धन बनेको स्पष्ट भइसकेको बताए । जनयुद्वकालमा आफू पनि माओवादी समर्थक रहेको भन्दै भट्टराईले माओवादी भित्र विचारहिनता देखिएपछि आफूले बैचारिक पार्टी एमाले मात्रै देखेको बताए । गठबन्धनमा दक्षिणपन्थी प्रवृत्ति देखिएको भन्दै यसका विरुद्वमा निरन्तर आवाज उठाइरहने भट्टराईले स्पष्ट पारे ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल बनाउन काठमाडौंको जनपरिचालनको नेतृत्वकर्ता रहेका ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ र देशका लागि योगदान दिएकाले उनको विकल्प नभएको बुद्धिजीविहरुको निष्कर्ष रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु