नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १४, सोमबार १९:१६

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा अडिएको छ।

आज २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा खरिदबिक्री भयो।

एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सयपत्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै,नेपाल एसबीआई बैंक लिमिटेडको मूल्य ८.२४ प्रतिशतले बढ्यो। दोहोरो अंकले बढेको सेयर बजारमा अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ८.१६ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को मूल्य बढ्यो भने १ को घट्यो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु