दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जनताको बोली बोल्ने नेता उठिवास होइन, पूर्नरबास गर्ने सालिन स्वभावका राजेन्द्र श्रेष्ठको नविन सोच

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १६ गते, बुधबार १४:५९

काठमाडौं। आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ वाट जनता समाजवादी पार्टी (जसपा) बाट काठमाडौंका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा छाता चिन्हवाट उम्मेदवारी दिएका छन्। विशेष गरेर मधेस प्रदेशतिर पकड बनाएको जसपा पार्टीको काठमाडौं भित्रको बलियो क्षेत्रको रुपमा पनि काठमाडौं क्षेत्र नंबर ७ लाई लिएको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ मा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले नै जित्ने दावी गरिँदै आएको छ । हुन पनि क्षेत्र नम्बर ७ मा अन्य उम्मेदवार भन्दा राजेन्द्र श्रेष्ठकै दबदबा देखिएको छ । यस अघि उनी सांसद रहँदा संसदमा जनताका विभिन्न मुद्दालाई उठाएर जनताको बोली बोल्ने नेताको छवि श्रेष्ठले बनाएका छन् ।

राज्यले काठमाडौंमा जताततै सडक विस्तार, रिंगरोड, फास्ट ट्र्याक आदिको नाममा डोजर चलाउने नीति लिएपछि जनताले यसको विरोध गरे । क्षतिपुर्ति पनि नदिने र विकासको नाममा पुख्र्यौली घरजग्गा पनि गुम्ने भएपछि पिडित पक्षहरुले संगठित रुपमा आन्दोलन नै थाले । यस्तो अवस्थामा श्रेष्ठले राज्यको यस्तो रवैयाको विरुद्धमा संसदमा आवाज उठाए । साथै आवास सम्वन्धि विधेयकमा संशोधन प्रस्ताव राख्दै विना क्षतिपुर्ति जनताको घर भत्काउन नपाइने, जग्गा कब्जा गर्न नपाइने व्यवस्था सुनिश्चित बनाए । गैर न्यायिक ढंगवाट भएको सडक विस्तारवाट घरवार विहिन भएकाहरुका लागि पूर्नरवास गर्न र गराउन आवश्यक छ भनेर सडकदेखि सदनसम्म आवाज उठाउंदैआएका नेता श्रेष्ठको प्रतिबद्धता पत्रमा यो विषयलाई विशेष आवाजको रुपमा बुलन्द गरेका छन्।
शिक्षा सम्वन्धि विधेयकमा पनि उनले नै संशोधन प्रस्ताव राख्दै मातृभाषामा शिक्षा लिन पाइने वातावरण सुनिश्चित बनाएका थिए । यसै विधेयकमा टेकेर अहिले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा लागू गरेका छन् । ऐतिहासिक कमलपोखरीलाई मासेर व्यापारिक भवन छायाँ कम्प्लेक्स बनाएको भन्दै संसदमा आवाज उठाएर कमलपोखरी पुर्नरस्थापनाको माग बुलन्द गरे । गुठी विधेयकविरुद्ध पनि संसदमा उनले खुलेर बोलेका छन् ।
यति मात्र होइन, सालिन स्वभावका नेता श्रेष्ठले मन्त्री नरहेको अथवा भनौं पदमा नभएकै बेलामा पनि २०७२ सालको महा भूकम्पबाट घरबार गुमाएका पिडित पुरानो गुह्येश्वरीका घरपरिवारलाई १२० वटा घर बनाई हस्तान्रतण गरे । तर उनले यस विषयलाई प्रचार प्रसारको माध्यम बनाएनन् । यसैको क्रेडिट लिँदै भोट संकलन गर्न खोजेनन् । ‘मैले भोट पाउन वा हल्लाबाजी गर्न यो काम गरेको थिएन । पिडित परिवारलाई राहत होस् भन्ने मेरो मनसाय हो, काम गरें, सिद्धियो’ श्रेष्ठले सन्तुष्ट हुँदै भने ।
एक कुशल गायक र गीतकार समेत रहेका श्रेष्ठले पाँच वटा गीति एल्बम समेत निकालेका छन्। उनलाई राजनीतिक बृत्तमा नीति र सिद्धान्तमा अडिग नेताको रुपमा लिने गरिन्छ । संघीयताविद्को रुपमा पनि छवि बनाएका नेता श्रेष्ठलाई नेपाली राजनीतिमा समाजवादको लहर ल्याउने नेताको रुपमा पनि परिचय दिने गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु