यस्ता छन् संखुवासभाको शिक्षाको विकासका लागि दिपक खड्काको प्रतिवद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १८ गते, शुक्रबार ०८:५२

संखुवासभा १८ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट संखुवासभाको प्रतिनिधीसभा सदस्यका उम्मेदवार दिपक खड्काले जिल्लाभित्रका मातृभाषामा पढाउने कार्यलाई व्यवस्थित गरिने बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट बिहिबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै नेता खड्काले जिल्लाभित्रको शिक्षा क्षेत्रको विकासका लागि मातृभाषा शिक्षालाई प्राथमिकता दिने बताउनुभएको हो । उहाँले कृषी, भेटनरी शिक्षालाई सिटिईभिटिको आंगिक क्याम्पसको रुपमा स्थापना गरिने बताउनुभयो ।

यस्तै, एक पालिका एक नमूना आवासीय विद्यालय निर्माण, सीपमुलक, व्यवसायिक, रोजगारमूलक, व्यवहारिक, बैज्ञानिक र गुणस्तरीय शिक्षामा जोड दिने बताइएको छ ।

संखुवासभामा योगमाया आयुर्वेद विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याइने, सामुदायिक विद्यालय, क्याम्पसहरु, शैक्षिक संस्थाहरुको भौतिक पुर्वाधार निर्माण गरिने, बाल शिक्षक, करार, राहत तथा विद्यालयका कर्मचारीलाई स्थायी गर्ने र उचित तलब भत्ताको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यसैगरी, जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएका तर तहगत स्वीकृत नपाएका विद्यालयलाई स्वीकृतका लागि पहल गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु