
तनहुँ ।नेशनल प्याबसनको दोस्रो केन्द्रिय समितिको बैठक गण्डकी प्रदेशको तनहुँ जिल्ला भानुभक्तको जन्म स्थानमा १८ गते शुरु भएको छ । मेचीदेखि महाकालीसम्मका उपस्थित सबै केन्द्रिय पदाधिकारी एवं सदस्यहरुलाई बैठक शुरु हुनुभन्दा अगाडि तनहुँ जिल्ला समितीले स्वागत कार्यक्रम आयोजना गरि भानुभक्तको बिर्खे टोपी एवं माला लगाई उपस्थित सबैलाई स्वागत गरेको थियो ।
स्वागत कार्यक्रमको अध्यक्षता तनहुँ जिल्ला समितिका अध्यक्ष रामकृष्ण बिकले गर्नु भएको थियो भने स्वागत मनतब्य तनहुँका सह सचिव विश्वास के.सीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष पाण्डब हमाल रहनु भएको थियो भने अतिथिको रुपमा सह अध्यक्ष सुवास न्यौपाने,निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, संस्थापक महासचिव अर्जुन बहादुर अधिकारी एवं केन्द्रिय सल्लाहकारहरु रहनु भएको थियो । उपस्थित अतिथिहरुको स्वागतका लागि तनहुँमा अवस्थित मनकामना बोर्डिङ स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीको हौसलाको लागि केन्द्रिय सचीव कृष्ण कुमार उप्रेतीले रु ५०००/- प्रदान गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष पाण्डब हमालज्युले पानसमा दिप प्रज्वलित गरि गर्नु भएको थियो । शुभकामना दिने क्रममा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य सन्त बहादुर तामाङ, संस्थापक महासचिव अर्जुन बहादुर अधिकारी, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, सह अध्यक्ष सुवास न्यौपाने, वर्तमान अध्यक्ष पाण्डब हमालले आ-आफ्ना भनाई राख्नु भएको थियो । केन्द्रिय महासचिव परसमणी दाहालले लेख्नु भएको बाल कथा तनहुँ जिल्ला समितीलाई प्रदान गरिएको थियो ।
तनहुँमा कार्तिक १८-१९ गते दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा नेशनल प्याब्सनले वर्तमान समसामयिक विषय, कार्यतालिका अनुसार बनाएका विषयहरु, २५ औं स्थापना दिवस मनाउने विषय, परिक्षा, विविध निर्देशिका, जिल्ला अधिवेशनका विषय लगायत अन्य महत्वपूर्ण विषयमा छलफल गरि निर्णय गरिने भन्ने कुराको जानकारी उपलब्ध भएको छ ।


