तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संस्कृति र सम्पदा देशको सम्पत्ति हुन् : ईश्वर पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १८ गते, शुक्रबार १९:४५

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति र सम्पदा देशको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।

हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा लागेको मेलामा सहभागी हुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले बुढानिलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सँधै सक्रिय रहेको बताउनुभयो । उपाध्यक्ष पोखरेलले मन्दिर दर्शन गर्नुको साथै मन्दिरका पुजारी र अन्य मन्दिरका पदाधिकारीहरुसँग मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुहरुलाई सहज बातावरणमै बुढानिलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुर्भएको थियो । पोखरेलसँगै एमालेका काठमाडौंका अध्यक्ष एवं प्रदेश सभाका उम्मेदवार दीपक निरौला पनि बुढानिलकण्ठ पुग्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु