तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राप्रपा उम्मेदवार लामाकाे घरदैलोमा तीव्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २१ गते, सोमबार ४:३६

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नुवाकोट निर्वाचन क्षेत्र २(क) बाट प्रदेशसभामा सदस्य उठेका जोशिला अनि व्यापक संभावना वोकेका युवा उम्मेदवार दिपेश लामाले निर्वाचनलक्षित प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।

राप्रपा नुवाकोट क्षेत्र नं २ को अध्यक्ष समेत रहेका लामाले यस क्षेत्रकाे विकासकाे लागि राप्रपाले जित्नुपर्ने बताउँदै आफ्नाे जित सुनिश्चित रहेकाे दावी गर्नुभयो । नेता, कार्यकर्ता र अगुवालाई भेटघाट गर्दै अनुभव र जनताको साथले आफू उत्साहित भएकाे प्रतिक्रिया जनाउनुभयाे ।

बिदुर नगरपालिकाको विभिन्न वडामा भएको मतदातासँगको भेटघाटका क्रममा लामाले मतदाताको समस्या सुन्ने र आफ्नो चुनावी योजना सुनाउने गरिरहनुु भएको छ। उनले आफूले बोल्नको निम्ति नभई जनताको कुरा सुन्न घरदैलो कार्यक्रम गरेको बताएका छन् ।

घरदैलोका क्रममा शुद्ध खानेपानी गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्ने विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन युवाहरुलाई राजनीतिमा आकर्षण गर्ने दण्डहीनता, कुशासन,भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा प्रभावकारी कदम चाल्ने बताउनुभयो ।

लामाले मतदातासामु आफ्नो पार्टीलाई मत दिएर विजयी गराउनका लागि आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु