दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उल्टो मतदान गरेर नेताहरुको अयोग्यता पुष्टि गर्न ब्याक भोट राष्ट्रिय अभियान नेपालको अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २२ गते, मंगलवार १६:१८

काठमाडौं, २२ कात्तिक । ब्याक भोट राष्ट्रिय अभियान नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनको मतपत्रको पछाडी स्वस्तिक छाप लगाएर उल्टो मतदान (ब्याक भोट÷नो भोट)गरेर नेताहरुको अयोग्यता पृष्टि गर्न आह्वान गरेको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियानले ‘नो भोट’ को व्यवस्था भ्रष्ट, अनुत्तरदायी, दलाल सत्ताधारी पार्टीहरुले नगरेको हुनाले नेताहरुको अयोग्यता पृष्टि गर्न खोजिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै ब्याक भोट राष्ट्रिय अभियान नेपालका संयोजक कान्छाराम तामाङले देशलाई विकृतिबाट जोगाउन ब्याक भोट अभियान सञ्चालन गरिएको बताएका छन् ।
उनले देश रहेमात्र राजनीति गर्न पाइने र सुशासनको पाइला चाल्न सकिने भन्दै देशै रहेन भने आउने पुस्ताले पनि सराप्ने बताए ।
उनले भने,‘आगामी निर्वाचनमा नो भोट गरेर नेताहरुलाई अयोग्य, बहिष्किृत र राष्ट्रघातीहरु हुन् भन्ने प्रमाणित गर्न खोजेका हौं । यसमा सबैले साथ दिनुहोला । देशको सबै अवस्था बिग्रिदै गएको छ, यसको निकासको लागि बौद्धिक समुदाय, नागरिक समाज र राजनीतिक समुहहरुले मात्रै विद्यमान राजनीतिक,सामाजिक र आर्थिक बृद्धि गरी दलालहरुबाट राष्ट्रियता बचाउन सक्छन् ।’
तामाङले निसर्त बौद्धिक समुदाय, नागरिक समाज र राजनीतिक समुहहरुको राजनैतिक भेला गराइ संकटबाट देशलाई निकास दिन सरकारसँग जोडदार माग गरे ।
देशका जनताको अवस्था बिग्रदै गएको उल्लेख गर्दै उनले अहिलेका पार्टीहरुबाट देशलाई बचाएर अगाडी बढ्नुको विकल्प नरहेको धारणा राखे ।
उनले भने,‘दलाल पार्टी र तिनका उम्मेदवारहरु साथै यो निर्वाचन प्रक्रियामा पद, प्रतिष्ठा र लालचपुर्ति गर्ने उद्देश्यले सम्लग्न सबै उम्मेदवारहरुलाई मत दिएर राष्ट्रघात गर्नबाट रोक्न नो भोटको सुरुवात गरेका हौं । यसबाट निर्वाचन प्रणाली र निर्वाचन व्यवस्था नै ठिक छैन् भनेर प्रमाणित गर्नेछौं ।’ चुनाव बहिस्कार गरेर भोट नै हाल्न नजानुलाई उनले आत्मसमर्पणवादीको संज्ञा दिए ।
आगामी निर्वाचनको परिणामले देशघातलाई नै अग्रता दिने उनको भनाइ थियो । उनले जनतामा अत्यधिक आक्रोश घृणा बढ्रदै गइरहेको दाबी गरे । कम्युनिष्टहरुमा पनि अहिले विचलन आइरहेको उनको भनाइ थियो । पार्टीहरुमा आन्तरिक लोकतन्त्रको महासंकट रहेको बताउँदै उनले त्यसको शिकार वैचारिक तथा निष्ठावान क्रान्तिकारी कार्यकर्ताहरु नै भएको टिप्पणी गरे ।
लोकतन्त्रवादीभित्र घात, अन्तरघात र परिवावादले नै कालकुट बीषको भूमिका खेलिरहेको अभियानको ठहर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु