
२२ कार्तिक २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं ।
सार्वजनिक सेवा प्रदान गर्ने विभिन्न सरोकारवाला निकायहरुमा गरिएको अध्ययन अनुगमन पश्चात आज काठमाडौंमा पहुँचयुक्त संरचना तथा सञ्चार सम्ब्धी लेखाजोखा मस्यौदा प्रतिवेदनका विषयमा छलफल गरियो ।
राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ, श्रवणदृष्टिविहिन अभिभावक समाज र अपाङ्गताभएका महिलाहरुको महासंघ नेपालको आयोजना तथा डिस्याब्ल्टि राइटस् फाउण्ड Disability Rights Fund सहयोगमा राजधानीमा आयोजना गरिएको सो छलफलमा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले ५ महिनाको अभ्यासमा सरोकारवाला निकायका विभिन्न निकायहरु मध्ये २२ वटा संस्थाहरुको अध्ययन अनुगमन गरेको आधारमा उक्त प्रतवेदन तयार गरिएको बताउनु भयो । साथै उहाँले उक्त निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई कुसरी सूचना प्रदान गरिएको छ, त्यहाँका सेवा सुविधामा कस्तो पहुँच छ, अपाङ्गता मैत्री संरचना छन् वा छैनन् लगायतका विषयमा समुहगत रुपमा अध्यन गरिएको र केही निकायहरु अपाङ्गता भएका व्यक्तिहरु प्रति संवेदनशिल भएको र पहुँचयुक्त सूचना तथा सञ्चारका विषयमा कार्यको थालनी गरेको पाइएको बताउनु भयो ।
त्यसै गरी नेपाल नेत्रहिन संघका कोषाध्यक्ष सुगम भट्टराइले सार्वजनिक सेवा प्रदान गर्ने केही निकायहरुमा अध्ययन अनुगमन गर्दा केही मन्त्रालयहरु, बैंङ्क, ललितपुर जिल्लाको पाटन अदालत, ललितपुर जिल्ला प्रशासन, काठमाडौं जिल्ला अदालत केही मात्रमा अपाङ्गता मैत्री भएको, त्यहाँका वयबसाइडहरु, बडापत्रहरु विधुतिय तथा यूनिककोडमा भएको बताउनु भयो भने वीर अस्पतालको सूचना प्रविधि अपाङ्गता मैत्री नभएको गुनासो गर्नु भयो । साथै अध्यनका क्रममा केही निकायहरुमा सूचना लिन कठिनाई भएको अनुभव पनि सुनाउनु भएको थियो ।
सो छलफलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी लेखाजोखा प्रतिवेदन २०७९ का विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै क्रममा उहाँले यो अध्ययन अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त सूचना तथा सञ्चार सम्बन्धी नीतिगत सवलिकरण शसक्तिकरणका लागि गरिएको, सरोकारवाला निकायका धारणा, नीतिगत व्यव्था, कार्यन्वयनको अभ्यासका विषयमा जानकारी लिनको लागि गरिएको बताउनु भयो ।
कार्यक्रममा पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले सरोकारवाला निकायहरु अध्ययन अनुगमनका क्रममा कतिपय सरोकारवाला निकायहरुका कर्मचारीहरुले अभद्र व्यवहार गरेको र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीहरुले अपाङ्गताको विषयमा बुझेका, त्यहाँ विधुतिय बडापत्र राखिएको, सोधपुछ कक्ष अपाङ्गता मैत्री भएको पाइएको बताउदै अहिले अनुगमन गरिएका निकायहरुमा पहुँचयुक्त सूचना तथा सञ्चार सम्बन्धी के कस्तो सुधार भयो भनेर जानकारि लिने र आगामी दिनमा अन्य सरोकारवाला निकायहरुको पनि अध्ययन अनुगमन गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी नेत्रहिन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले यो प्रतिवेदनलाई कार्यन्वयन गर्नु पर्ने, प्रत्येक सरकारी कार्यलयहरुमा एक कार्यलय एक दोभाषेको व्यवस्था गर्नु पर्ने, विश्वविद्यालय, विद्यालयहरु, व्यापारिक केन्द्रहरुमा पनि यस्तो अध्ययन अनुगमन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा श्रवणदृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नेरु शेर्पाले विभिन्न सरोकारवाला निकायहरुको अध्ययन अनुगमनका क्रममा कतिपय निकायहरुलाई अपाङ्गताको विषयमा जानकारी नै नभएको पाइएको भन्दै सबै निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सूचना तथा सञ्चारमा पहुँच पुर्याउन १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने संघ संस्थाहरु मिलेर वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।


