विकास र समृद्धिका लागि राप्रपाले जित्नै पर्छ : लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २२ गते, मंगलवार २१:४९

२२ ,कात्तिक नुवाकोट। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएकाे छ ।

निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा सदस्य उम्मेदवार दिपेश लामाले विकास र समृद्धिका लागि राप्रपाले जित्नै पर्ने बताउनु भएको छ । उहाँले राष्ट्र र राष्ट्रियताको लागि पनि आफूहरुले जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मंगलबार बेलकोगढी नगरपालिकाको घरदैलोका क्रममा पर्चा, पम्प्लेट बाड्दै चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा पुगेका उम्मेदवार लामाले कार्यकर्ता तथा मतदातालाई यस्ताे बताउनुभएकाे हाे ।

घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने बताएका छन् । पुराना राजनीतिक दललाई धेरै पटक हेरिएको भन्दै यसपटक भने नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुकाे भनाइ रहेको पनि लामाले बताउनु भयो ।

लामाले मतदातासामु राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु