
गोरखा । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार बि.पी पुडासैनीले घरदैलो कार्यक्रम लाई तिव्रता दिएका छन्। मंगलबार पुडासैनीले क्षेत्र नम्बर १ को आरुघाट गाँउपालिकाको आरुघाट बजार, मंगलटार, आर्खेत, ढोडेनी,जामुने, सोती, भिमसेनथापा गाँउपालिकामा घरदैलो गरेका थिए ।
स्वतन्त्र उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।


