फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायीहरुको अवस्था र समस्याहरु सम्बन्धि वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २३ गते, बुधबार १७:२७

भरतपुर।चितवन उद्योग संघको वस्तुगत सदस्य फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनले फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायीहरुको अवस्था र समस्याहरु सम्बन्धि वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
चितवन उद्योग संघको सभाहलमा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका अध्यक्ष लिलबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि कँडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका कार्यक्रम संयोजक कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायीहरुको अवस्था र समस्याहरुका सम्बन्धमा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका प्रमुख सल्लाहकार रविन्द्र बरालले प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरणमा दर्ता नगरी संचालित उद्योग तथा व्यवसाय, दर्ता नगरी संचालित घुम्ती ठेकदार र कामदार तथा व्यवसाय, कच्चा पदार्थको समस्या जनशक्तिको समस्या, पार्किङ्ग तथा ढुवानी समस्या, विद्युतको समस्या लगायतका छुट्टाछुट्टै विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

छलफलमा कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, विशिष्ट अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वली, आन्तरिक राजश्व कार्यालयका प्रमुख निरन भट्टराई, घरेलु तथा तथा साना उद्योग कार्यालयका प्रमुख धिरेन्द्र पोखरेल, जिल्ला वन कार्यालयका अधिकृत सम्झना अधिकारीले सहभागी उद्योगीहरुबाट आएका जिज्ञासाहरुलाई आ–आफ्ना संघ–संस्थाको तर्फबाट समाधान गर्नुभएको थियो ।

चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, तारा बहादुर कार्की, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, कार्यसमिति सदस्य चन्दना कोइराला, सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत विकास भट्टलगायतको उपस्थिति रहेको थियो । फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका सचिव एवम् कार्यक्रम संयोजक रमेश बुर्लाकोटीले सञ्चालन गर्नुभएको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका अध्यक्ष लिलबहादुर क्षेत्रीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु