तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

निर्वाचित भएमा तलब भत्ता नलिने राप्रपा नुवाकोटका उम्मेदवार दिपेश लामाको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २५ गते, शुक्रबार ६:१३

नुवाकोट – मतदाताको घरदैलोमा विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा नुवाकोटका एक उम्मेद्वार भने फरक देखिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं २ को अध्यक्ष एवम् नुवाकोट क्षेत्र नं.२ (क) प्रदेशसभा सदस्य उम्मेदवार दिपेश लामाले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता नलिने घोषणा गरेका हुन्।

चुनाव प्रचारका क्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर १० स्थित गढीमा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफू प्रदेशसभा सदस्य बनेको खण्डमा सरकारले दिने तलब भत्तामा आफूले थप रकम गरिबीका कारण चुल्हो बाल्न नसक्नेलाइ खाद्यन्नको व्यवस्था मिलाईनेछ। अभिभावक नभएका बालबालिकालाई त्यही रकमले शिक्षा प्रदान गर्न सहयोग गर्ने बताए ।


निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नं.२ (क)को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य,शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने,उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार लामाले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु