तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कामना सेवा फुटसल कप : प्रि-क्वाटरफाइनल समीकरण पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २५ गते, शुक्रबार २१:४६

काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट कामना सेवा विकास बैंक समूह विजेता र लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘बी’ बाट माछापुच्छ्रे बैंक विजेता र नेपाल इन्भेस्टमेन्ट बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘सी’ बाट ज्योति विकास बैंक विजेता र प्रभु बैंक उपविजेता बन्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘डी’ बाट सिद्दार्थ बैंक विजेता र एनएमबी बैंक उपविजेता बन्दै नकआउट चरणमा पुग्दा समूह ‘ई’ बाट सानिमा बैंक विजेता र राष्ट्रिय बीमा संस्थान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘एफ’ बाट हिमालयन बैंक विजेता र कुमारी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

यस्तै सांग्रिला बैंक, गुर्खास फाइनान्स र महालक्ष्मी विकास बैंक उत्कृष्ट तेस्रो हुँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा जारी प्रतियोगिताको नकआउट चरण र फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाएको छ । महिला टोलीमा आयोजक कामना र माछापुच्छ्रे रहेको छ । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु