तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ग्रिनफिल्ड र इबीए सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते, सोमबार ५:५७

काठमाडौं, कात्तिक २७ गते ।ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४–१० ले हरायो ।
जुनियर ब्वाइजमै युनिकले महामञ्जुश्रीलाई १५–११ तथा स्किब्सले भ्याली भ्यूलाई ११–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । युनिकका सवल राई तथा स्किब्सका सोहन ठकुरीले समान ८–८ स्कोर गरे ।
सिनियर ब्वाइजमा जेनिथ, डिफेन्डिङ च्याम्पियन निम्स, एचएचसीए र ओसिस सेमिफाइनलमा पुगे । जेनिथले पुष्पसदनलाई ३९–३२, निम्सले आयोजक रेडिअन्टलाई ४३–३६, एचएचसीएले काठमाडौं जेभियरलाई ४१–३७ र ओसिसले ग्रिनफिल्डलाई ५९–५५ ले पन्छाए । जेनिथका सुशिल शाहीले १८, निम्सका सरोज लामिछानेले १०, एचएचसीएका डेविड राईले ११ र ओसिसका सुरेश रोकाले २६ अंक जोडे ।
सिनियर गल्र्समा संस्कृतिले लोक आदर्शलाई २५–४ ले निराश पार्दै साविक विजेता आयोजक रेडिअन्टसंग सेमिफाइनल भेट पक्का ग¥यो । संस्कृतिकी निसी महतले ७ स्कोर गरिन् । अर्को सेमिफाइनल डिफेन्डिङ च्याम्पियन निम्स र न्यु भिजन एकेडेमीबीच हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु