तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटीएम सिटीसँग प्रायोजन सम्झौता नविकरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते, सोमबार ६:२३

काठमाडौ ।मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटीएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । आसन्न शहीद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको क्लबले शेर्पा आउटडोरको केटीएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो ।
केटीएम सिटी गत वर्ष समेत मनाङ मस्र्याङ्दी क्लबको किट प्रायोजक रहेको थियो । आईतबार क्लबका महासचिव तेन्जिङ गुरुङ र केटीएम सिटीका सिईओ निमा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताको अवधि दुई वर्षको रहनेछ । क्लबलाई आवश्यक पर्ने सम्पुर्ण किट सामाग्री केटीएम सिटीले प्रायोजकको रुपमा उपलब्ध गराउनेछ । मनाङले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा केटीएम सिटीको किट प्रयोग गर्नेछ । नेपालको आफ्नै ब्राण्ड केटीएम सिटीसँग जोडिन पाउँदा क्लबले खुसी महशुश गरेको छ ।
नेपाली फुटबलको सर्वाधिक सफल क्लबको रुपमा रहेको मनाङले आसन्न घरेलु फुटबललाई लिएर तयारी समेत अघि बढाएको यही प्रेस नोटमार्फत जानकारी गराउन चाहन्छौं । तपाईको सहयोग र सद्भावका लागि क्लब परिवार सधै आभारी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु