तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संखुवासभाको विकासका लागि गठबन्धनलाई जिताउनुहोसः दिपक खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते, सोमबार १२:०२

संखुवासभा, २८ कात्तिक । नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभएको छ ।

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट संखुवासभाको प्रतिनिधीसभा सदस्यको उम्मेदवार खड्काले आज मादी नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले जिते संखुवासभाको विकासले जित्ने बताउनुभएको हो ।

उहाँले गोपाल पहाडीले हार्दा संखुवासभाको विकासले हारेको स्मरण गर्दै त्यस्तो गल्ती नदोहो¥याउन आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले कुनै लोभलालच र भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो ।

पूर्व राज्यमन्त्री खड्काले आफू सांसद भएपनि मन्त्री भएपनि जनताको सेवकको रुपमा सँधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संखुवासभाको विकासका लागि प्रतिनिधीसभा र प्रदेशसभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने उहाँको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु