दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मतदाताहरुको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौंः ईश्वर पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ३० गते, बुधबार ५:३७

काठमाडौं, २९ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरुको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा आज घरदैलोका क्रममा संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरु यसै क्षेत्रमा लामो समयदेखि जनताहरुमा भिजेकाले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभयो । यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउँदै उहाँले आमनागरिकहरुको सदभाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) जनताको काम गरेर नै उचाईमा पुगेको बताउनुभयो । विचार, संगठन, नेतृत्व र जनताको काम गर्ने हिसाबले एमाले संगठित रहेको बताउँदै उहाँले जनताको काम गरेर एमालेले बनाएको उचाइलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताउनुभयो ।

यसअघि सोमबार काठमाडौंको हाँडीगाउँ गहनापोखरीबाट रुद्रमति मार्ग, विशाल नगर, बालुवाटार, टुँडालदेवी मन्दिर हुँदै धुम्बाराही पीपलबोटसम्म पोखरेलको पदयात्रा आयोजना गरिएको थियो । पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, पूर्वराजदूत एवं चर्चित गायिका अञ्जान शाक्यसहित हजारौंको सहभागिता थियो । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेको निकै बलियो संगठन रहेको र पोखरेल हेभीवेट नेता भएका कारण एमालेले सहज रुपमा जित्ने विश्वास लिइएको छ । काठमाडौं ५ (१) मा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल र ५ (२) मा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला उम्मेदवार हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु