एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • फिफा फ्यान फेस्टिभलमा नेपाली समुदायको प्रस्तुति सम्बन्धमा एनआरएए कतारको अपिल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ४, आईतवार ०७:३४

    काठमाडौं । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए कतार) ले फिफा फ्यान फेस्टिभलमा नेपाली समुदायको प्रस्तुति सम्बन्धमा अपिल जारी गरेको छ ।

    कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु साथै सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार!

    विषय: फिफा फ्यान फेस्टिभलमा नेपाली समुदायको प्रस्तुती सम्बन्धमा ।
    उपरोक्त सम्बन्धमा फिफा बिश्वकप २०२२ लाई सफल बनाउन कतार सरकारको सम्बन्धित निकायद्वारा आयोजित कार्यक्रम अन्तर्गत ”Workers Support and Insurance Fund” ले १८/११/२०२२ देखि १८/१२/२०२२ सम्म हरेक दिन बेलुका ४ देखि १० बजे सम्म “New Industrial area” को “Festival Zone“ मा फिफा विश्वकप सम्बन्धि विभिन्न गतिविधिहरु आयोजना गरेको र उक्त क्षेत्रमा कतार स्थित आप्रवासी समुदायहरुको बिबिध सास्कृतिक प्रस्तुति प्रदर्सन हुने हुदा नेपाली समुदायले पनि यो एक महिनाको अवधिमा यसै सुचनाको साथमा रहेको समय तालिका अनुसार विभिन्न प्रस्तुती प्रस्तुत गर्ने भएकाले यहाँहरु सबै उपस्थित भएर बिश्वकप सम्बन्धि गतिविधिहरुको अवलोकन साथै नेपालि कलाकारहरुको हौसला बढाईदिनुहुन सबैमा हार्दिक अनुरोध गरिन्छ।
    फेस्टिभल क्षेत्रमा हुने गतिविधिहरू:-
    – विश्वकप खेलहरू नि:शुल्क अवलोकन
    – आर्केस्ट्रा प्रदर्शन
    – सांस्कृतिक कार्यक्रम
    – सांस्कृतिक र खेलकुद प्रतियोगिताउहरू
    – ड्र मार्फत सर्वसाधारणलाई उपहार
    – निःशुल्क मधुमेह र रक्तचाप जाँच
    – फ्री वाईफाई
    – क्याफेटेरिया र रेस्टुरेन्टहरू।
    नोट: यो क्षेत्रमा प्रवेशका लागि हाया कार्डको आवश्यकता पर्दैन।
    ~गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु