दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार ५:५६

शिशिर तिमल्सिना
पाँचखाल -२,ज्यामिरकोट

जलवायु परिवर्तन भन्नाने कुनै स्थानको जलवायु (जस्तै औषत वर्षा,औषत आद्रता ,औषत तापक्रम आदि) मा आउने परिवर्तन बुझिन्छ । बिश्वब्यापी रुपमा देखिएको जलवायु परिवर्तनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबै क्षेत्रलाई प्रभावित गरेको छ । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका भएपनि जलवायु परिवर्तनका प्रतिकुल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरू मध्ये हाम्रो देश नेपाल पनि एक हो । बहुप्रकोपीय जोखिमको हिसाबले, जलवायु परिवर्तनको हिसाबले, बाढी पहिरोको हिसाबले तथा भुकम्पिय जोखिमको हिसाबले हामी विश्व मै उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछौ। धरातलीय विविधता, कमजोर भौगर्भिक बनावट, संवेदनशील पारिस्थितीकीय प्रणाली र जलवायु यसका मुख्य कारणहरू हुन् ।

सन् १९९२ मा नेपालले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघिय संरचना महासन्धिमा हस्ताक्षर गरेसँगै यस विषयमा आफ्नो उपस्थिति देखाएको पाइन्छ । तर हाम्रो मुलुकमा जलवायु परिवर्तन र कृषिसंग सम्वन्धित अनुसन्धान कार्य आवश्यक मात्रामा हुन सकेको छैन। विभिन्न अध्ययन एवं कृषकको प्रतिक्रिया सुन्दा जलवायु परिवर्तनले बालिको समय चक्रमा परिवर्तन, पानीको कमिले सुख्खा, बढी पानीले डुवान, बालीमा पनि किरा लाग्ने एवं पहाडको बाली तराईमा र तराईको बाली पहाडमा हुने र देखिने अवस्था सृजना हुँदै गएको छ । जलवायु परिवर्तनले केहि सकारात्मक परिवर्तन पनि ल्याएको छ । वेमौसमी वाली खेती गर्ने कार्य सहज भएको छ। यी केहि उदाहरण मात्र हुन । तथ्याङ्कलाई हेर्दा बर्सेनि ०.०५ डिग्री सेल्सियस को आधारमा अधिकतम तापक्रम बढदै गएको अवस्था छ । बैज्ञानिकहरुको अनुसन्धान र कृषक समुदायको अनुभवलाई आधार मान्दा जलवायु परिवर्तनले खास गरी औषत तापक्रममा वृद्धि भएको, पानी पर्ने समय, अबधि र मात्रामा उतारचढाव भएको, खडेरी लम्बिएको, बाढी पहिरोको खतरा बढेको, हावाहुरीको गति वृद्धि भएको जस्ता प्रमुख सुचकहरु देखा परेका छन ।

नेपालको परिपेक्क्षमा खेतीपातिको लागि पानी एक महत्वपूर्ण स्रोत भएको र जसको लागि आकाशे पानीमा नै बढी मात्रामा निर्भर रहनुपर्ने भएकोले पानीचक्रसँग सम्बन्धित उतारचढावले कृषि उत्पादनमा चुनौती थपिएको छ । समग्रमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको सकारात्मक एवम नकारात्मक प्रभावहरू यसप्रकार छन ।

सकारात्मक प्रभावहरू :-
१) चिसो भेगमा पनि तरकारी, फलफुल खेती एवम पशुपालन गर्न सकिने ।
२) वाली छिटो उम्रने र पाक्ने हुनाले धेरै वाली भित्र्याउन सकिने
३) धेरै वर्षा भएको बेलाको पानीलाई संकलन गरी उक्त पानी सिंचाई गर्न र पशुलाई खुवाउन सकिने
४) भारि वर्षाले गर्दा टारी तथा पाखो खेतमा भेल छोपेर धान खेती गर्न सकिने,
५) भारी वर्षाले गर्दा पानीको मूल फुटाउने जसले गर्दा वर्षायाममा पानीको पहुँच सजिलो हुने र सिंचाई गर्न सहज हुने।
यसरी जलवायु परिवर्तनले केहि सकारात्मक प्रभावहरू परेपनि धरैजसो नकारात्मक प्रभाव पार्ने गर्दछ । जुन निम्नानुसार छन ।

नकारात्मक प्रभावहरु:-

तापक्रम वृद्धिले गर्दा :

१) बालिमा झारपातको समस्या बढ्ने यसले गर्दा कृषकको लागत र कार्यभार बालीको झारपात व्यवस्थापनको लागि बढ्ने
२) वाली तथा तरकारी, फलफुलमा रोग र किराको आक्रमण बढ्ने
३) हिमताल फुट्ने खतरा बढ़ने जसले गर्दा बाढीको सम्भावना बढि खेतीयोग्य जमिनको कटान हुने एवम अन्य संरचनाहरूको क्षति गर्ने खतरा बढ़ने ।
४) पशुपालनमा रोगको प्रकोप बढ़ने र आक्रामक झारपात (जस्तै वनमारा) तथा किराहरुले गर्दा घाँसको उपलब्धतामा कमि हुने ।
५) फलफूललाई फुल्न र फल्न चाहिने तापक्रम कम वा बढी भई उत्पादन कम हुने ।
६) हिउँ पर्ने क्षेत्रमा हिउँ कम पर्नाले सिंचाई तथा खानेपानीको उपलब्धतामा कमि हुने ।

भारी वर्षाको कारणले गर्दा :

१) तराई क्षेत्रमा धानखेती र तरकारी खेतीलाई नकारात्मक प्रभाव पार्दछ ।
२) पहाडी र हिमाली भेगमा जमिन कटान भई खेतीयोग्य जमिन बाढीले बगाउने हुन्छ ।
३)खेतवारीमा भेल पसेर कृषि उत्पादनमा कमि आउने र कृषि कार्यमा समस्या उत्पन्न हुन्छ ।
४) बाढीले बोकेको बालुवा, ग्रेगरले खेतीयोग्य जमिन पुरिदा माटोको उर्वराशक्तिमा कमि आउने र कृषि उत्पादन घटने हुन्छ।
५) पहाडी क्षेत्रको नरम तथा मलिलो माटो बगाउने हुनाले माटोको उर्वराशक्तिमा ह्रास आउंछ ।

खडेरीको कारणले गर्दा :

१) सिंचाईमा समस्या उत्पन्न भै कृषि उत्पादनमा ह्रास आउँछ ।
२) फलफुलको फुल्ने र फल्ने समयमा खडेरी परेमा फुल तथा फल झर्ने खतरा बढ्छ ।
३) पानीका मुहानहरु सुक्ने र पानीको हाहाकार हुन्छ ।
४)बालीमा झारपात बढि आउने र रोग किराको खतरा बढ्ने हुन्छ ।
५)पशुपालनको लागि आवश्यक घाँसपातको कमि हुने हुन्छ ।

तसर्थ, माथि उल्लेखित नकारात्मक प्रभावहरू कृषिसँग सम्बन्धित रहे तर जलवायु परिवर्तनले समग्र क्षेत्रलाई असर पार्दछ । जलवायु परिवर्तन २१ औ शताब्दीमा विश्वको लागि एक प्रमुख चुनौतीको रूपमा देखिएको छ। यसबाट अति कम विकसित मुलुक देखि अति विकसित मुलुकहरु प्रभावित बनेका छन ।

अन्त्यमा, जलवायु परिवर्तनको बढ्दो प्रभाव र नकारात्मक असरहरूको बारेमा अध्ययन गर्ने शिलशिलामा कृषि क्षेत्रका कार्यक्रमहरुको प्रभावकारिता पनि अध्ययन गर्नुपर्ने समय आएको छ । जलवायु परिवर्तन वहुपक्षीय विषय भएकोले संस्थागत, कार्यगत एवम नीतिगत समन्वय गरी नेपाली अर्थतन्त्रको आधार कृषि क्षेत्रको दिगो विकाश गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु