काठमाडाैं । कतारमा जारी विश्वकपमा अर्जेन्टिनाले लज्जासपद हार व्याेहाेरेकाे छ । साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २-१ गोलले पराजित गरेकाे छ ।
साउदीले ४८औँ मिनेटमा पहिलाे र ५३ मिनेटमा दाेस्राे गाेल गरेपछि अर्जेन्टिना हारतर्फ लागेकाे हाे ।साउदीका सलिम अलदावसरी र सलेह अलसेहरीले एक/एक गाेल गरेका हुन् ।
अर्जेन्टिनाकाे तर्फबाट लियाेन खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी मार्फत गाेल गरेका हुन्।
खेलको नवौँ मिनेटमा साउदी अरेबियाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले भीएआरको सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।
खेलमा अर्जेन्टिनाले ३ गोल साउदी अरेबियाको पोष्टमा गरेपनि रेफ्रीले अफसाइड दिँदै गोलको मान्यता दिएनन्।