दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवामा फराकिलो मतान्तरले प्रतिनिधिसभामा मोहन आचार्य विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार २०:२४

काठमाडौं । रसुवामा फराकिलो मतान्तरले प्रतिनिधिसभामा मोहन आचार्य विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका आचार्यले प्रतिद्धन्द्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

प्राप्त मतपरिणाम अनुसार आचार्यले १८२३५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ८६१४ मत प्राप्त गरेका छन् । ९६२१ मतको अग्रता ल्याई आचार्यले तामाङलाई पराजित गरेका हुन् ।

आचार्य २०७४ को निर्वाचनमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनी पुनः दोस्रो पटक जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । मंसिर ४ गते भएको निर्वाचनमा जिल्लामा २८ हजार ३ सय ५ मत खसेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु