एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • माछापुच्छ्रे भ्याली पब्लिक बास्केटबल भोलिदेखि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ८, बिहीबार १८:२६

    काठमाडौं, मंसिर ८ गते ।भ्याली पब्लिक माविको आयोजनामा १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
    प्रतियोगितामा ३ विधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक ब्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता पक्का भएको छ ।
    जुनियर ब्वाइजको प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो । जुनियर खेलाडीलाई पनि अवसर दिने उद्देश्यले यो स्पर्धा थपिएको प्रतियोगिता संयोजक समेत रहेका भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले बताए ।
    भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले माछापुच्छ«े बैंकलाई मुख्य प्रायोजकका रुपमा पाउँदा खुशी लागेको बताउदै खेलकुदको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे ।
    आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । मंसिर १८ गतेसम्म हुने प्रतियोगिताका खेलहरु सुन्दरबस्तीको भंगालस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु