एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • फुटबलर प्रिजेनलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ८, बिहीबार १८:३०

    काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।
    प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरी जम्मा ५ लाख रुपैयाँ प्रदान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए ।
    राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले प्रिजेनको स्वास्थ लाभाको कामना गर्दै प्रिजेनका पिता राजकुमार तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।
    प्रिजेनले दिल्लीको अपोलो अस्पतालमा उपचार गराइ रहेका छन् । पहिलो चरणको ब्लड क्यान्सर भएका उनलाई २ पटक किमो दिइसकेको अझ २ पटक किमो दिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रिजेन डिसेम्बर १ तारिखमा ‘फलो अप’ का लागि दिल्ली जाँदै छन् ।
    कोषले हालसम्म करिब ७० लाख आर्थिक सहयोग वितरण गरिसकेको र कोषमा १ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु