एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • मंसिर ११ गते देखि २५ गतेसम्म काठमाडौंमा नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ९, शुक्रबार ०७:१७

    काठमाडौँ, मंसिर ९ । मंसिर ११ गते देखि २५ गतेसम्म काठमाडौंमा नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी हुने भएको छ ।

    नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा नेपालमा नै पहिलो पटक नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गर्ने भएको हो । बिहीवार काठमाडौंमा डेनिस अफ नेपालले पत्रकार सम्मेलन गर्दै मंसिर ११ गते देखि २५ गतेसम्म नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गर्ने जानकारी दिएको छ । प्रदर्शनीमा नेपालका देवीदेवताहरु नामक वृहत कला,परम्परागत र समसामयिक कलालाई एउटै धरातलमा ल्याउने उद्देश्य रहेको आयोजकले बताएको छ ।

    प्रदर्शनी संयोजक स्वस्ति राजभण्डारी कायस्थले नेपालका देवीदेवताहरु नामक ठूलो कला प्रदर्शनी पहिलो पटक हुन लागेको बताउनु भयो । उहाँले मानिसहरुको उत्पति भएदेखि कलामा देवीदेवताहरु राख्नुभएको र नेपालका कला बनाउने कलाकारहरुले बनाएको कला लोकप्रिय भएकाले सोही थिममा प्रदर्शनी गर्न लागेको बताउनु भयो । उहाँले प्रदर्शनीमा १८० कलाकारहरुले बनाएको कला प्रदर्शनीमा राखिने बताउनु भयो ।
    नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरुसमेत हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु