तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भ्याली पब्लिकको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ९ गते, शुक्रबार २०:१२

काठमाडौं, मंसिर ९ गते ।आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स तीनै स्पर्धामा जितका साथ यात्रा प्रारम्भ गरेको हो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३७–१६ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङ र इश्वर घलेले समान ११–११ अंक योगदान गरे । अशोक विक र छिमे तामाङको समान ५–५ अंक सहयोगमा भ्याली पब्लिकले इबीएलाई १३–८ ले हरायो । सिनियर गल्र्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ११ स्कोर गरिन् ।
माछापुच्छ«े बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको अन्य खेलमा सैनिकले एलआरआईलाई ४८–२५, एन्जल्स हार्टले केभीकेएसएसलाई २८–२० तथा एचएचसीएले पृथ्वीलाई २८–२५ ले पाखा लगाए । सैनिकका सुबोध चापागाईंले १५, एन्जल्स हार्टका निक्सन गर्बुजाले ९ र एचएचसीएका दिप्सन राईले १५ अंक बटुले ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८–२८ ले निराश पा¥यो । एन्जल्स हार्टका प्रतीक कँडेलले १५ अंक जोडे । सिनियर गल्र्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित दर्ता ग¥यो । एचएचसीएकी सारा घलेले १४ अंक जोडिन् ।
प्रतियोगिताको राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भ्याली पब्लिकका चेयरम्यान पूर्व मेजर लिलबहादुर गुरुङ र भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम गरी जम्मा ४९ टिम सहभागी छन् । लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनलमा मंसिर १८ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु