उमा ब्रिटिसमा उद्धव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ९, शुक्रबार २०:१६

काठमाडौ ।नेपालका उद्धव थापा मगरले उमा ब्रिटिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उद्धवले ४५ वर्षमाथि चाइनिज फम्स र वेपन फम्समा प्रतिस्पर्धा गर्ने छन् ।
नोभेम्बर २७ तारिखमा हुने प्रतियोगिताका लागि उद्धव इङल्यान्डको ओर्सेस्टर प्रस्थान गरिसकेका छन् । उनलाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, भारतीय कुङफु फेडरेसनका प्राविधिक निर्देशक ज्ञानप्रकाश त्रिपाठी र भारतका कुङफु खेलाडी आकाश आनन्दले एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु