ग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १० गते, शनिबार १८:२६

काठमाडौं, मंसिर १० गते ।ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । विराज श्रेष्ठको १० अंक मद्दतमा नेसनल युनाइटेडले केभीकेएसएसलाई २१–१४ ले हरायो । सोही स्पर्धामा इडेन ब्रिज एकेडेम (इबीए) ले जुगल एकेडेमीलाई ४४–२४ तथा काठमाडौं भ्यालीले टीआईएलाई ३०–१६ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २२ तथा काठमाडौं भ्यालीका आयुशले ८ अंक जोडे ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा एचएचसीएले दोहोरो जित निकाल्यो । एचएचसीएले काष्ठमण्डपलाई १४–११ तथा जुगललाई २९–१५ ले निराश पा¥यो । जितमा काष्ठमण्डप विरुद्ध रेस्मा तामाङले ११ तथा जुगल विरुद्ध सरा घलेले ९ स्कोर गरे । सिनियर गल्र्समै काष्ठमण्डपले जुगलमाथि २६–१४ को जित दर्ता ग¥यो । विजेताकी राज्भी श्रेष्ठले ८ अंक बटुलिन् ।
जुनियर ब्वाइजमा इबीएले डाफोडिललाई ११–७, ग्रिनल्यान्डले टीआईएलाई २६–१६ तथा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले गोल्डेनपिकलाई २१–१३ ले पन्छाए । इबीएका निखिल शाहीले ११, ग्रिनल्यान्डका आयुश घलेले १८ र बीएनएका सुयेश गौतमले ८ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु