प्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १०, शनिबार १८:३१

काठमाडौ ।प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा जम्मा ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
अध्यक्ष पाण्डेले भविष्यका खेलाडीलाई प्रतियोगिताले नयाँ उत्साह र प्रेरणा दिने बताउदै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले चाँडै नै ब्याडमिन्टन र मार्सल आर्टका प्रतियोगिता पनि आयोजना गर्न लागिएको जानकारी गराउदै विद्यालय र विद्यार्थीबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता महत्वपूर्ण साबित हुने धारणा व्यक्त गरे ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित सूर्योदय स्कुलको कोर्टमा खेलाइने छ । प्याब्सन मध्य क्षेत्रीय समिति काठमाडौंको मध्य क्षेत्रमा अवस्थित ६० भन्दा बढी विद्यालयहरुको साझा प्राज्ञिक संगठन हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु