हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

ओसिसमा उपत्यकाव्यापी बास्केटबल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १० गते, शनिबार १८:३५

काठमाडौ ।ओसिस इङलिस स्कुलको आयोजनामा दोश्रो ओसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमको सहभागिता रहने ओसिसकी संस्थापिका जानुका लिम्बूले जनाएकी छन् । ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजमा प्रत्येक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् ।
सिनियर ब्वाइजमा आयोजक ओसिस ‘ए’ र ‘बी’, बाल दीक्षा सदन, मेगस, रातो बंगला ‘ए’ र ‘बी’, रेडिअन्ट पब्लिक, रेडिअन्ट रिदर्स, विल्सन एकेडेमी ‘ए’ र ‘बी’, नालन्दा, जेनिथ, एरिस एकेडेमी, एलआरआई तथा नेक्सस एकेडेमीले भाग लिने छन् ।
सिनियर गल्र्समा आयोजक ओसिस, रेडिअन्ट पब्लिक, विल्सन, एनसीसीएस, राराहिल तथा रातो बंगला ‘ए’ र ‘बी’ सहभागी हुने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु ढोलाहिटीस्थित आयोजककै कोर्टमा हुनेछ । पहिलो दिन लिग चरणका खेल सम्पन्न हुनेछ । दोश्रो तथा अन्तिम दिन सोमबार नकआउट चरणका खेलाइने ओसिसका बास्केटबल प्रशिक्षक एवं राष्ट्रिय बास्केटबल टोलीका खेलाडी आयुश सिंहले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु