दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ११ गते, आईतवार २२:११

धनगढी, मंसिर ११ । धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा आएको छ ।

धनगढी रोतोपुलस्थित एसपीए रोड जानेबाटो(एसपीएको बीएचएम–बीआईएम भवन)मा क्याफे सञ्चालनमा आएको हो ।

सञ्चालक सुवास शाहीले उक्त क्याफेको आइतबार सफ्ट ओपनिङ गर्नुभयो । जनवरी १ देखि क्याफेको भव्य उद्घाटन गरिने उहाँले बताउँनुभयो ।

सफ्ट ओपनिङको अवसरमा क्याफेमा क्याफेमा हाल हरेक आइटममा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । क्याफेमा सम्पूर्ण धनगढीमा नपाईने सम्पूर्ण बेकरी आइटम, केक, कफी, फास्टफुड आइटमहरु उपलब्ध छन् ।

क्याफेमा फ्राइ राइस, मःम, चाउमिन, सेन्डविच, बर्गर, चिल्ली, पकोडा, चिप्स, मुस्ताङ आलु, फ्रेन्च फ्राइज, स्विट कर्न क्रेकर्स, चाउचाउ लगायत अर्डरअनुसारका सामाग्री उपलब्ध हुनेछन् । यस्तै बेकरी आइटममा ब्रेड, कपकेक, टेस्ट, बिस्कुट, कुकिज, रोल, डुनट्सलगायत आइटमहरु उपलब्ध हुनेछन् ।

यस्तै क्याफेमा कफी खादैँ पढ्न चाहेका लागि पुस्तकहरु पनि उपलब्ध छन् । त्यसबाहेक क्याफेमा बर्थ–डे, एनिभर्सरीलगायत कार्यक्रम पनि आयोजना गर्न सकिन्छ ।

साथै क्याफेले होम डेलिभरीको व्यवस्था समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु