दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओएसिस क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ११ गते, आईतवार २२:४१

काठमाडौं ।आयोजक ओएसिस इङलिस स्कुल ‘ए’ दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ढोलाहिटीस्थित घरेलु कोर्टमा ओएसिसले रातो बंगला ‘बी’ लाई १२–६, रेडिअन्ट रिडर्सलाई १४–८ र एलआरआईलाई १०–४ ले पराजित ग¥यो । क्वाटरफाइनलमा ओएसिस ‘ए’ को भेट नालन्दासंग हुनेछ ।
अन्य क्वाटरफाइनल मगस र विल्सन एकेडेमी ‘बी’, रेडिअन्ट पब्लिक र रेडिअन्ट रिडर्स तथा एरिस एकेडेमी र रातो बंगला ‘ए’ बीच हुनेछ ।
सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण पूरा भएको छ । रातो बंगलाको ‘ए’ र ‘बी’ दुवै टिम सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । रातो बंगला ‘ए’ ले एनसीसीएसको सामना गर्ने छ भने रातो बंगला ‘बी’ ले राराहिल विरुद्ध खेल्ने छ ।
प्रतियोगिताको ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बूले निर्णायक विनोद महर्जनलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु