दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी अर्जुन खड्काद्वारा बिद्यालयलाइ सेनेटरी प्याड भेण्डिङ मेसिन हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १२ गते, सोमबार ११:१९

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं क्रियटिभ ईण्टरप्रेनरका चार्टर प्रेसिडेण्ट बरिष्ठ समाजसेवी तथा ब्यबसायी अर्जुन खड्का द्वारा बुढानिलकण्ठ स्थित महांकाल माध्यमिक बिद्यालयलाइ मेनुअल सेनेटरी प्याड भेण्डिङ मेसिन तथा सेनेटरी प्याड सहयोग गरेका छन्। किशोरी छात्राहरुको लागि अति आबश्यक पर्ने उक्त सामग्री हस्तान्तरण गर्न पाउँदा लायन अर्जुन खड्का खुशी लागेको बताउछन।

अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा भर्खरै मात्र आधा दर्जन भन्दा बेसी अनाथ आश्रम, विभिन्न संघ संस्था तथा दुखि पिडित, भुकम्प पिडितलाइ आर्थिक सहयोग गरेका छन्। लामो समय देखि अमेरिकामा ब्यबसाय गर्दै आएका समाजसेवी खड्का सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रुपमा परिचित छन्।

नेपाल र नेपालीहरुको हरेक सुख दु:खमा साथ दिदै आएका अर्जुन खड्काले बाडिपिडित, भुकम्प देखि कोभिडको समयमा समेत सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै पिडित नेपालीहरुको दु:खमा मल्हम भर्ने कार्य गर्दै आएका छन्। शिक्षा बाट बन्चित धेरै अनाथ बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आएका अर्जुन खड्का विभिन्न अनाथ आश्रम, बृद आश्रममा पुगेर आर्थिक, खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्रीहरु वितरण गर्दै आएका छन्। उनि विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन्।

सेनेटरी प्याड भेण्डिङ मेसिन सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका प्रथम उपाध्यक्ष लायन बिमाल खड्का, दितिय उपाध्यक्ष लायन ऋषि कडरिया र सचिब लायन प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो। उक्त अबसरमा बिद्यालय परिवारले लायन अर्जुन खड्कालाइ धन्यबाद ब्यक्त गरेका थिए भने सामाजिक कार्यमा यसरिनै अघि बढ्न शुभकामना दिएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु